Comments Add Comment

‘स्टूपिड मन’ नायिका भन्छिन्-‘सिनेमा मेरो इच्छा हो’

चलचित्र 'स्टूपिड मन'को एक दृश्यमा नायक जीवन लुइटेलसँग नव-कलाकार चाँदनी शर्मा
चलचित्र ‘स्टूपिड मन’को एक दृश्यमा नायक जीवन लुइटेलसँग नव-कलाकार चाँदनी शर्मा

विगत ४ बर्षदेखि जापानमा अध्ययन गरिरहेकी चाँदनी शर्मा ‘स्टूपिड मन’मा आफूले गरेको कामको चर्चा सुन्दा खुशी छिन् । ७ बर्ष अगाडि एक म्यूजिक भिडियोमा काम गरेकी यी कलाकारले सिनेमा भने पहिलो पटक ‘स्टूपिड मन’मा अभिनय गरिन् ।

उनले अनलाइनखबरसँग भनिन्-‘सिनेमा क्षेत्र मेरो रुची हो । म यसमै केही गर्न चाहन्छु ।’ उनी सिनेमा क्षेत्रको बारेमा आफूले धेरै नवुझेको बताउँछिन् । उनले भनिन्-‘सिनेमामा काम गर्नु मेरो रुची हो । अब, यसलाई पूरा गर्नु मेरो नैतिक अधिकार पनि हो ।’

चाडै नै जापानबाट नेपाल र्फकन लागेकी यी नव-कलाकारले सिनेमामा काम गर्ने बताइन् । कस्तो सिनेमा तपाइको रोजाइ हो भन्ने प्रश्नमा उनले भनिन्-‘मेरो समाजलाई प्रतिनिधित्व गर्ने, राष्ट्रको कथा बोकेको र मलाई सहज हुने भूमिका गर्न आतुर छु ।’ यस्ता कथा नेपालमा प्रशस्त भएको उनको वुझाई छ ।

‘स्टूपिड मन’मा थाइल्याण्डमा बस्ने एक नर्सको भूमिकामा काम गरेकी चाँदनी आफ्नो लागि जे छ आज छ भन्छिन् । ‘भोली मेरो होइन, यसैले म आजका लागि काम गर्न चाहन्छु’, उनले भनिन् ।

आफ्नो परिवारसँग भएकाले पनि आफू एक्लो नभएको उनले बताइन् । सायद उनी प्रेमको बारेमा खुल्न चाहन्नथिन् । विराटनगर घर भएकी चाँदनीले सिनेमा क्षेत्रप्रति आफ्नो वुझाई र सोचाई सकारात्मक रहेको बताइन् ।

कात्तिक ७ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘स्टूपिड मन’ ले पाएका थोरै हलमा राम्रो व्यापार गरिरहेको छ । सिनेमालाई दर्शकले पनि राम्रो भनेका छन् । सिनेमा हेर्ने सबैले चाँदनीको कामलाई पनि राम्रो भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment