Comments Add Comment

११ विद्यार्थी संगठनले भने-माघ ८ मै संविधान देऊ

१४ कात्तिक, काठमाडौं । विद्यार्थी संगठनहरुले माघ ८ मै नयाँ संविधान जारी गर्न दलहरुलाई दवाव दिने भएका छन् । शुक्रबार बसेको ११ विद्यार्थी संगठनको संयुक्त बैठकले प्रधानमन्त्री सुशील कोइरालासहित संविधानसभामा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरुलाई माघ ८ मै संविधान जारी गर्न दवाव दिने निर्णय गरेको हो ।

‘दलहरुको पछिल्लो क्रियाकलापले माघ ८ मै संविधान जारी नहुने सम्भावना रहेकोले निर्धारित मितिमै संविधान जारी गर्न ध्यानाकर्षण गराउँछौं,’ नेपाल विद्यार्थी संघका प्रवक्ता यूपी लामिछानेले अनलाइनखबरसँग कुरा गर्दै भने, ‘यो काम आजको मितिदेखि एक हप्ताभित्र हुन्छ ।’

विद्यार्थी संगठनहरुको बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिभिन्न विश्वविद्यालयहरुका पदाधिकारीहरुलाई भ्रष्टाचार आरोपमा नियन्त्रणमा लिदा शैक्षिक गतिविधि ठप्प भएकोप्रति पनि आपत्ति जनाएको छ । विश्वविद्यालयका पदाधिकारीहरु पक्राउ पर्दा विद्यार्थीहरुको भविष्य नै अन्धकार भएको बैठकको ठहर छ ।

‘अख्तियारको कदमले शैक्षिक वातावरण नबिगि्रयोस् भनेर सरकार र सबै राजनीतिक दलहरुको ध्यानाकर्षण गराउने निर्णय भएको छ,’ लामिछानेले प्रष्टिकरण दिदै भने, ‘हामीले अख्तियारको कदमको विरोध भने गरेका छैनौं ।’

बैठकले प्रधानमन्त्री सुशील कोइरालाले गाडी भाडा नबढाउन दिएको निर्देशन अवज्ञा गर्ने यातायात व्यवसायीको तयारीको विरोध गरेको छ । अन्तराष्ट्रिय बजारमा इन्धनको मूल्य घटेकाले गाडी भाडा पनि घटाउनु पर्ने ११ विद्यार्थी संगठनको माग छ ।

विद्यार्थी संगठनहरुले सडक दुर्घटनाका कारण भैरहेको मानवीय क्षति रोक्न पनि सम्वन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।

बैठकमा नेपाल विद्यार्थी संघ, अनेरास्ववियू, अखिल क्रान्तिकारी, राप्रविसंघ लगायतका विद्यार्थी संगठनका प्रतिनिधिहरुको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment