Comments Add Comment

भिवोर विकास बैंक ३ वर्षपछि नाफामा

१४ कात्तिक काठमाडौं । तीन वर्षदेखि घाटामा रहेको भिवोर विकास बैंक नाफामा गएको छ । बैंकले आर्थिक वर्ष २०७१/०७२ को पहिलो ३ महिना (असोज) मसान्तसम्ममा २ करोड ५४ लाख रुपैयाँ नाफा कमाएको छ ।

vibor_bikash-bankगत वर्षको यही अवधिमा बैंक २ करोड ६९ लाख रुपैयाँ नोक्सानीमा थियो । गत असार मसान्तमा भने बैंक १३ करोड १९ लाख रुपैयाँले घाटामा थियो ।

खराब कर्जा असूली र खुद व्याज आम्दानी बढेपछि बैंकले नाफा कमाएको हो । गत वर्षको असोजमा ६ लाख रुपैयाँ खुद नोक्सानमा रहेको व्याज आम्दानी यो असोजमा २ करोड ४२ लाख रुपैयाँले खुद नाफामा छ ।

त्यसैगरी गत वर्षको असोज मसान्तमा कूल कर्जाको १५.५२ प्रतिशत रहेको खराब कर्जा यो असोजमा ५.६५ प्रतिशतमा झरेको छ ।
बैंकले सार्वजानिक गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार संभावित जोखिम बापत छुट्याइएको ९ करोड ७० लाख रुपैयाँ फिर्ता (राइट व्याक) गरेको छ । गत वर्षको असोजमा ७ करोड ८७ लाख रुपैयाँ राइटव्याक गरेको थियो ।

गत वर्ष नकरात्मक रहेको बैंकको प्रतिसेयर आम्दानी बैंकको यो वर्षको असोज मसान्तमा २.७७ रुपैयाँले सकरात्मक छ ।

बैंकको चुक्ता पुँजी ९१ करोड ७० लाख रुपैयाँ रहेको छ । अझै पनि बैंकको रिजर्भ ४० करोड रुपैयाँले नोक्सानमा छ । यस अवधिमा बैंकले ३ अर्ब ६३ करोड रुपैयाँ निक्षेप संकलन गरी २ अर्ब ८९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

एक वर्षको अवधिमा बैंकले रियलस्टेट कर्जा ७ करोड रुपैयाँले घटाएको छ । गत वर्षको असोज मसान्तमा ४० करोड रुपैयाँ रहेको रियलस्टेट कर्जा यो असोजमा ३३ करोड रुपैयाँमा झरेको छ । यो बैंक घरजग्गामा आएको मन्दीसँगै समस्यामा परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment