Comments Add Comment

कल्पनाले जितिन प्रभु रेमिटको ४२ इन्च एलइडी टिभी

Prabhu-Final-winner_Selection-final

१४ कात्तिक, काठमाडौं । प्रभु मनी ट्रान्सफरले दशैं तिहारको अवसरमा ल्याएको ‘प्रभु डबल बहार’ योजनाअन्तर्गतको बम्पर उपहार कालीकोटकी कल्पना कुमारी शाहीले जितेकी छन् ।

छैयालिस दिनसम्म चलेको यस योजना अवधिभर रकम पठाउने र पाउने मध्येबाट गरिएको लक्की ड्र मार्फत शाहीले ४२ इन्च एलइडी टिभी र डिसहोम जितेकी हुन्।

प्रभु समूहका अध्यक्ष देवीप्रकाश भट्टचनले लक्की ड्र मार्फत बिजेता छानेका हुन् । शाहीलाई प्रभु मनि ट्रान्सफरमार्फत उनका दाजुले कालीकोटबाट पैसा पठाएका थिए । कल्पनाले २६ सेप्टेम्बरमा काठमाडौंको महामञ्जुश्री सेभिङ एण्ड क्रेडिट को-अपरेटिभमार्फत पैसा लिएकी थिइन् ।

प्रभुले १४ सेप्टेम्बरमा सुरु गरेको यो योजना २९ अक्टोबरमा सकिएको थियो । योजनाअन्तर्गत कम्पनीले दैनिक पुरस्कारमा ४६ वटा लेमन मोबाइल, ४६ वटा १ वर्षको दुर्घटना बिमा योजना ग्राहकलाई बाँडिसकेको छ । यस्तै साप्ताहिक पुरस्कार अन्तर्गत लेमनकै अर्को मोबाइल १२ जनालाई प्रदान गरिएको प्रभुले जनाएको छ ।

कम्पनीले विदेशबाट रकम पठाउनेलाई पनि उपहार प्रदान गरेको छ । विदेशबाट रकम पठाउने मध्येबाट हरेक हप्ता १ जनालाई एकतर्फी हवार्इ टिकट प्रदान गरेको जनाएको छ । योजना अवधिभरमा २ लाख ५० हजार ९ सय २० कारोबार भएको कम्पनीले जनाएको छ ।

प्रभु मनि ट्रान्सफरले साउदी अरेबिया, दुबई, मलेशिया तथा अमेरिकालगायतका देशबाट प्रत्यक्ष रुपमा तथा विश्वका अरु विभिन्न देशबाट स्थानीय एजेण्ट तथा अन्य रेमिट्यान्स कम्पनीसँगको सहकार्यमा नेपालमा रेमिट्यान्स भित्र्याउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment