Comments Add Comment

चीन इबोलाको उच्च जोखिममा, नेपालमा समेत खतरा

ebola-virus-closeपश्चिम अफ्रिकामा महामारीकै रुप लिइरहेको इबोला भाइरस पत्ता लगाउने मध्येका एक वैज्ञानिकले हाम्रो छिमेकी देश चीन समेत इबोला रोगको उच्च जोखिममा रहेको बताएका छन् ।

ठूलो संख्यामा चिनिया कामदारहरु अफ्रिकामा आवत जावत गर्ने भएकाले इबोला भाइरस चीनमा पुग्नसक्ने ठूलो खतरा रहेको उनको भनाइ छ ।
बेलायतको लण्डन स्कुल अफ हाइजिन एण्ड ट्रोपिकल मेडिसिनका निर्देशक पिटर पायोटले इबेाला भाइरस चीनसम्म पुग्न सक्ने सम्भावना निकै उच्च रहेको बताएका डेलीमेलले उल्लेख गरेको छ ।

विश्वमा मानिसहरुलाई आवत जावत गर्नबाट रोक्न नसकिने भएकाले जुनसुकै मुलुकमा समेत इबोला रोगी पुग्न सक्ने भएपनि चीन अझै बढी खतरामा रहेको बताएका छन् ।

चीनमा संक्रमण नियन्त्रणको संयन्त्र समेत निकै कमजोर रहेको र खासगरी आफुले भ्रमण गरेका चीन्का सार्वजनिक अस्पतालमा रोगको संक्रमण नियन्त्रणको तह तल्लो स्तरमा रहेको उनको भनाइ छ ।

चीनमा इबोला भाइरस आइपुगेमा त्यसले नेपालमा समेत खतरा बढाउने विज्ञहरु बताउँछन् । चीनसँग नेपालको सीमाना जोडिएको र दिनहुँ ठूलो संख्यामा चिनिया पर्यटक नेपाल आउने र नेपालीहरु समेत विभिन्न प्रयोजनका लागि चीन जाने भएकाले चीनमा भित्रिने कुनैपनि संक्रमण नेपाल छिर्ने जोखिम उच्च हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment