Comments Add Comment

लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन हुँदै

१४ कात्तिक, काठमाडौं । भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा कात्तिक २९ देखि अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन हुने भएको छ ।

नेपाल थेरवाद बुद्धिस्ट एकेडेमी र म्यान्माको सितगु इन्टरनेसनल बुद्धिस्ट एकेडेमीको संयुक्त आयोजनामा बौद्ध संस्कृति र सम्पदाको संरक्षण गर्ने उद्देश्यले मङ्सिर २ गतेसम्म सम्मेलन हुन लागेको हो ।

सम्मेलन मूल आयोजक समितिका सचिव भिक्षु निग्रोधका अनुसार विश्वका ३० मुलुकका चार सयभन्दा बढी बौद्ध भिक्षु तथा विद्वान्को सम्मेलनमा सहभागिता रहनेछ ।

पूर्वमन्त्री डा केशवमान शाक्यले लुम्बिनीमा हुने उक्त सम्मेलनबाट गौतमबुद्धको जन्मस्थलप्रति विश्वको ध्यान आकर्षण गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment