Comments Add Comment

मैत्रिपूर्ण फुटबलमा नेपाल फिलिपिन्ससँग पराजित

१५ कात्तिक, काठमाडौं । मैत्रिपूर्ण फुटबलमा नेपाल फिलिपिन्ससँग पराजित भएको छ । शुक्रबार राति भएको खेलमा १० खेलाडीमा सिमित नेपाल फिलिपिन्ससँग ३–० गोल अन्तरले पराजित भएको हो ।

दोहामा भएको खेलमा नेपालले फिलिपिन्सलाई पहिलो हाफ गोलरहित बराबरीमा रोकेको थियो । तर, ४९ औं मिनेटमा फिलिपिन्सका लागि सिमोनले गोल गरे । कप्तान सागर थापालाई छल्दै सिमोनले हानेको बल गोलरक्षक किरण चेम्जोङले रोक्न सकेनन् ।

६५ औं मिनेटमा नेपाली मिडफिल्डर जगजित श्रेष्ठले रातो कार्ड पाए । ६९ औं मिनेटमा अन्जन विष्टको प्रहार पोलबाट केही बाहिर रह्यो ।

९० औं मिनेटमा आदित्य चौधरीले फल गरेपछि फिलिपिन्सले पेनाल्टी पायो र फिलिपले सजिलै गोल गरे । लगतै हार्मन मार्कले गोल गर्दै फिलिपिन्सलाई ३–० को जित दिलाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment