Comments Add Comment

एमाओवादीका नेतालाई धमाधम कारबाहीको सिफारिस

maoist flag
१५ कात्तिक, काठमाडौं ।  पार्टी नेताकै उक्साहट र सम्लग्नतामा जिल्ल तहमा समानान्तर समिति निमार्ण हुन थालेको भन्दै एकीकृत माओवादीका तल्ला कमिटीहरुले केन्द्रीय सदस्यलाई कारबाहीका सिफारिस गर्न थालेका छन् ।

आन्तरिक विवाद समाधानका लागि कात्तिक २४ देखि केन्द्रीय समितिको बैठक बस्ने टुंगो लागेपछि संस्थापन र असन्तुष्ट पक्ष कारबाहीको माग गर्दै नेतृत्वलार्इ दबाब दिन थालेको राजधानी दैनिकमा खबर छ ।
धनुषा, नुवाकोट, रसुवा, चितवन, काठमाडाैं, गोरखा, बारा, पर्सा, मुगु, डडेलधुरालगायतका झन्डै दुर्इ दर्जन जिल्लामा एमाअाोवादीको समानान्तर समिति गठन भएको छ ।
अहिलेसम्म संस्थापन पक्षले भट्टराई पक्षीय नेतृ हिसिला यमी, गंगानारायण श्रेष्ठ, सोनामसिंह स्याङतान र रामरिजन यादवलाई कारबाहीको सिफारिस गरेको छ । त्यस्तै भट्टराई पक्षले नारायण दाहाल, हितबहादुर तामाङमाथि कारबाहीको माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment