Comments Add Comment

सहमति जुटाउन दिएको चौथो पटकको म्याद आज सकिने

१५ कात्तिक, काठमाडौं । राज्य पुर्नसंरचनाको विषयमा सहमति गर्न भन्दै प्रमुख तीन दल आज पनि छलफलमा जुट्ने भएका छन् । सभामुख सुभाष नेम्वाङसहित प्रमुख तीन दलका नेताहरुबीच राज्य पुनर्संरचनाको विषयमा सहमति गर्ने प्रयास हुनेछ । दलहरुबीच पटक पटक भएको प्रयासहरु असफल हुदै आएका छन् । दलहरुले आ-आफ्नै अडान नछाडेपछि अहिलेसम्म सहमति जुट्न नसकेको हो ।

संघीय संरचना, शासकीय स्वरुप, निर्वाचन प्रणालीजस्ता महत्वपूर्ण विषयमा दलहरुबीच सहमति जुट्न नसकेपछि संवैधानिक राजनीतिक तथा संवाद सहमति समितिलाई सहमति जुटाउन संविधानसभाले दिएको चौथो पटकको म्याद शनिवार सकिनेछ । शुक्रवार साँझ बालुवाटारमा बसेको प्रमुख तीन दलको वैठक पनि निरर्थक भएपछि शनिवार विहानैदेखि सहमतिको पहल गर्ने भन्दै वैठक टुङ्गएिको थियो ।
सहमतिका लागि संविधानसभाले पहिलो पटक भदौ २१ गते, दोस्रो पटक असोज २१ गते, तेस्रो पटक असोज ३१ गतेको समय दिएको थियो । तीन तीन पटक दिएको समयमा पनि सहमति नभएपछि चौथो पटक कात्तिक १५गतेसम्मको लागि सहमति कायम गर्न म्याद दिइएको हो ।
सभामुखसहित प्रमुख तीन दलको वैठक बस्नुअघि बालुवाटारमा नै अहिले सत्तारुढ दुई दल नेपाली कांग्रेस र एमालेका शीर्ष तहका नेताहरुबीच छलफल भइरहेको छ । दुई दलको वैठकपछि प्रमुख तीन दल छलफलमा जुट्नेछन् ।
प्रमुख तीन दलमध्ये सत्तारुढ दुई दल नेपाली कांग्रेस र एमाले सहमति नभए प्रक्रियामै जानुपर्नेमा जोड दिदै आएका छन् भने प्रमुख प्रतिपक्षी दल एकीकृत नेकपा माओवादीले भने प्रक्रियामा गए आन्दोलन गर्ने चेतावनी दिंदै आएका छन् ।
सहमतिको लागि दिइएको म्याद चौथो पटक सकिने भएकाले शनिवार जसरी भए पनि सहमति गर्ने नेताहरुले बताएका छन् । आजसम्म पनि सहमति जुट्न सकेन भने तोकिएको मितिमा संविधान जारी गर्न नसकिने भएकाले सहमति जुट्ने नेताहरुको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment