Comments Add Comment

सुनको भाउ १५ सय घट्यो, चाँदी चार वर्षयताकै न्यून मूल्यमा

१५ कात्तिक, काठमाडौं । यस साता सुनको भाउ १५ सय रुपैयाँले घटेको छ । साताको पहिलो दिन आइतबार तोलाको ५२ हजार रुपैयाँमा किनबेच भएको सुन शुक्रबार ५० हजार ५ सय रुपैयाँमा किनबेच हुन पुग्यो ।Gold

अमेरिकी डलरको अधिमूल्यनसँगै सुनको मागमा कमी आउन थालेपछि भाउ घट्ने क्रम शुरु भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैबीच, अमेरिकी संघीय बैंकले जारी राखेको ऋणपत्र खरिद कार्यक्रमलाई पूर्ण रुपमा कटौती गरेपछि यसले अमेरिकी अर्थतन्त्र सुढृद भएको यकिन देखिएको छ भने डलर अझ मजुबत रही आगामी सन् २०१५ देखि बैंक ब्याजदर बढ्ने संकेत देखिएको छ ।

सुनका ग्राहकहरुको यस्तो आंकलनका कारण सुनको मुख्य माग रहने एशियाका प्रमुख देशहरुमा चाडपर्व र विवाहको सिजन हुँदाहुँदै पनि सुनको भाउ ओर्लिने क्रम जारी छ ।

चाँदीको दरभाउ पनि अन्तर्राष्ट्रिय मूल्यलाई पछ्याउँदै विगत ४ बर्षयताकै न्यून बिन्दुमा झरेको छ । शुक्रबार चाँदी तोलाको ६ सय ९५ रुपैयाँमा किनबेच भएको थियो । जबकी साताको पहिलो दिन आइतबार चाँदी ७ सय ३५ रुपैयाँमा किनबेच भएको थियो ।

पछिल्लो अवस्थालाई हेर्ने हो भने आगामी केही हप्ता सुनचाँदीको भाउ क्रमशः घट्ने क्रम जारी रहने अनुमान महासंघले गरेको छ ।

बार सुन (प्रतिलोला) चादी (प्रतितोला)
आइतबार रु. ५२,००० रु. ७३५
सोमबार रु. ५२,००० रु. ७३०
मंगलबार रु. ५१,६०० रु. ७२०
बुधबार रु. ५१,६०० रु. ७२५
बिहीबार रु. ५१,२०० रु. ७२२
शुक्रबार रु. ५०,५०० रु. ६९५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment