Comments Add Comment

मलेसियामा एक मजदुरको मृत्यु, आर्थिक अभावका कारण एकको शव अस्पतालमै

रामचन्द्र नेपाल

१५ कात्तिक, क्लावालम्पुर । रोजगारीको लागि मलेसिया आएका धनकुटाका एक युवकको मृत्यु भएको छ । धनकुटा ढाडेगाउँ ६ घर भई कंक्रिट इन्जिनियरिङ रावाङमा कार्यरत प्रेमवहादुर पिठाकोटी मगरको मत्यु भएको हो । सोमवार विहान मृत्यु भएका पिठाकोटी १५ महिना अगाडि मात्रै रोजगारीको लागि मलेसिया आएका थिए ।

सदाको दिनमा जस्तै सााझको खाना खाइ सुतेका उनी राती एक्कासी चिच्चाएका थिए । अकस्मात विरामी भएका उनको अस्पताल नपुग्दै मृत्यु भएको सँगै रहेका उनका साथीहरुले जानकारी दिए ।

उनी ग्याष्टिकका रोगी थिए । पोष्समार्टमको रिपोर्ट अनुसार उनले अत्याधिक मात्रामा औषधि सेवन गरेको उल्लेख छ । पिठाकोटीको श्रीमती र चार छोरी छन् । उनको शव नेपाल लैजाने तयारी भइरहेको छ ।

उता, गत अक्टोवर १८ तारिखका दिन मृत्यु भएका एक नेपाली कामदारको शव आर्थिक अभावका कारण अस्पतालबाट उठ्न सकेको छैन । होम्ताङग ४ लुङकुवाभोजपुरकालोक बहादुर राई लगातारको विरामीपछि उपचारार्थ अस्पताल लगिएको थियो । आर्थिक अभावका कारण उनको शब स्वदेश पठाउन समस्या भएको हो ।

पलाङगी दमनसरा दुरा सेक्युरेटी फोर्समा अबैधानिक रुपमा कार्यरत २१ वर्षिय राई एक्कासी विरामी भई तीन महिनादेखि थलिएका थिए ।  । रोगले धेरै नै च्यापेपछि साथीहरुको सहयोगमा अस्पताल लैजाने क्रममा अक्टुबर १८ तारिखका दिन राईको निधन भएको हो । हाल शव सुनाई बुलो अस्पतालमा रहेको प्रदीप राईले जानकारी दिए । उनी दुई वर्षअघि रोजगारीको शिलशिलामा मलेसिया आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment