Comments Add Comment

यूएर्इमा नेपाल जिल्ला परिषद् गठन

दुबई । यूएईमा रहेका बिभिन्न जिल्लावासी संघ सस्थाहरूबीच एकता भर्इ नेपाल जिल्ला परिषद् यूएई गठन भएको छ । गोबिन्द ढकाल ढकाल संयोजक र मणी भुर्तेल सचिब रहने गरी १५ सदस्यीय नेपाल जिल्ला परिषद् यूएई गठन गरिएको हो । भुर्तेल पर्वत सेवा समाज यूएईका अध्यक्ष थिए ।

नवगठित समितिके सचिवालय सदस्यहरू राजु खड्का (अर्घाखाँची) भीम अधिकारी (धादिङ्) बिनोद श्रेष्ठ (गोरखा) बिदुर न्यैपाने (सिन्धुपाल्चोक), पिताम्बर पाण्डे (बाग्लुङ्), जगत क्षेत्री (चितवन), नारायण अधिकारी (कपिलवस्तु), उत्तम बिक (काभ्रे), लक्ष्मण भण्डारी (गुल्मी), राजु पाण्डे (स्याङ्जा), गीतामणी पाण्डे (पाल्पा), शेखर पाैड्याल (कास्की), बिष्णु सापकोटा (रूपन्देही) र नवलपरासी सेवा समाज युएइबाट एक सदस्य थप गर्ने गरी समिति चयन गरिएके हो ।

बरदुबइस्थित एक होटलमा यूएईमा रहेका बिभिन्न क्रियाशिल जिल्लाबासी संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको भेलाले युएईमा रहेका नेपालीहरुमा पर्ने समस्या, जनचेतनामुलक कार्यक्रम तथा यूएईमा हुदै आएको सामाजिक तथा जिल्लाबासी संघ संस्थाहरूको प्रतिस्पर्धात्मक गतिबिधिलाइ साझेदारी गर्दै एकरूपता ल्याउन साथै नेपालमा प्राकृतिक तथा दैविकप्रकोपबाट पर्न आउने समस्याहरुलाई केही हदसम्म राहत उपलब्ध गर्नको लागि छिटो तथा सरल तरिकाबाट प्रभावकारी भूमिका निर्बाह गर्न यूएईमा रहेका जिल्लाबासी संघ सस्थाहरुको कार्यगत एकता भएको उनीहरूले जनाएका छन् ।

 खाडी मुलुकमा युवाहरूको रोजगारीको प्रमुख गन्तब्य मानिने यूएईमा करिब ४ लाख नेपाली कार्यरत छन्। रोजगारीका क्रममा जति युवाहरू भित्रिएका छन्। उनीहरूमाथि त्यो बेलाबेलामा विभिन्न समस्याहरू देखा पर्छन्।

 युएईमा हुने गतिबिधिहरू एक अापसमा साझेदारी नहुदा जिल्लाबासी संघ सस्थाहरू मात्र नभएर सबै खाले संघ/ सस्था र संगठनहरूलाई नराम्रै प्रभाव परेको पाईन्छ।

 नव गठित नेपाल जिल्ला परिषद् यूएईले सम्पूर्ण जिल्लाबासी संघ संस्थालाई सहकार्य गर्दै अागामी दुई महिना भित्र आफ्नो बार्षिक कार्य तालिका सार्बजनिक गर्ने लक्ष्य लिएको छ।

बिनोद श्रेष्ठबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment