Comments Add Comment

आन्दोलनमा उत्रन नेवार समुदायलाई प्रचण्डको आहृवान

१५ कात्तिक, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले आन्दोलनमा उत्रन नेवार समुदायलाई आहृवान गरेका छन् ।

prachanda  (3)कांग्रेस र एमालेका कारण धर्मनिरपेक्षता, गणतन्त्र, संघस्यता जस्ता आन्दोलनका उपलब्धीहरु गुम्न लागेको भन्दै उनले आन्दोलनमा जोड दिए ।

पार्टीको नेवाः राष्ट्रिय मुक्ति मोर्चाले ललितपुरमा गरेको कार्यक्रममा प्रचण्डले भने-‘कग्रेसका केही नेता हिन्दु राष्ट्र बनाउनुपर्छ भनेर लागेका छन् । एमालेका नेताहरु पनि धर्म निरपेक्षताको पक्षमा खुलेर बोल्ने गरेका छैनन् ।’

धर्मनिरपेक्षता उल्टनु भनेको गणतन्त्र र संघीयता पनि उल्टनु भएको भन्दै आन्दोलनमा उत्रन आहृवान गरे । उनले भने-‘हामी माथि केन्द्रमा लड्ने, तपाईहरु चुप लागेर बस्ने भयो भने आन्दोलन जितिँदैन । हार हुन्छ ।’

एमाओवादी अध्यक्ष प्रचण्डले आफूहरु मोर्चाबन्दी गरेर लडिरहेको तर, नेपार समुदायका बुद्धिजिवि भनिनेहरुले नै खुट्टा तानेको गुनासो समेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment