Comments Add Comment

बर्दियाका चार विद्यालयलाई फिनल्याण्डका विद्यार्थीको सहयोग

१५ कात्तिक, बर्दिया । बाढीले भौतिक संरचनामा क्षति पुर्यारएको बर्दियाका चार सामुदायिक विद्यालयलाई फिनल्याण्डमा रहेका नेपाली विद्यार्थीहरुले आर्थिक सहयोग प्रदान गरेका छन् ।

फिनल्याण्डको योएन्सु शहरमा बसोबास गर्दै आएका नेपालीहरुको संस्था ‘योएन्सु समाज नेपाल’ले बर्दिया बग्नाह गाविसका बाढीले प्रभावित विद्यालयहरुको स्थलगत अवलोकन गरी त्यहाँका चार विद्यालयहरुलाई आर्थिक सहयोग गरेको हो ।

समाजका प्रतिनिधि बसन्तराज गौतमको नेतृत्वमा आएको गोविन्द अकेला र पुष्प पाण्डेसहितको तीन सदस्यीय टोलीले एकता प्रावि बग्नाह–८ बाबनपुरलाई भवन निर्माणमा सहयोग पुर्याउने उद्देश्यले २ लाख ५० हजार, प्रावि बग्नाह–७ खैलारलाई पुस्तकालय मर्मत र सञ्चालनको लागि ३० हजार, हिमालय निमावि बग्नाह–३ मिर्चैयालाई कार्यालयको मर्मत तथा शैक्षिक सामाग्री खरिद गर्नको लागि ३० हजार र बबई शिशु निमावि बग्नाह–२ लाई खानेपानीको धारा जडानको लागि २० हजार आर्थिक सहयोग गरेको जनाइएको छ ।

सहयोग हस्तान्तण गर्दै समाजका प्रतिनिधि गौतमले बाढी र प्रकोपको बेलामा आफुहरु बिदेशी भूमिमा रहेको अवस्थामा सञ्चार माध्यायममा आएको समाचारबाट प्रभावित भएर आफूहरु जस्तै विद्यार्थी तथा प्रवासीहरुबाट रकम संकलन गरी सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरे ।

सो अवसरमा एकता प्राविकी प्रधानाध्यापक रमिला गिरीले बाढीले विद्यालयको भवन भत्काएकोले कार्यालय झोलामा नै सञ्चालन गर्दै आउनु परेको पीडा र बचेका दुईवटा कोठमा राखेर दुई–दुई कक्षा संयुक्त पढाउनु परेको अवस्थामा विद्यालयले समाजबाट पाएको २ लाख ५० हजार रकमले एक कक्षाकोठा र कार्यालयको लागि भवन बनाउने बताइन् ।

हिमालय निमावि मिर्चैयाका प्रधानअध्यापक कलिराम कुस्माले विद्यालयले पाएको ३० हजारले शैक्षिक सामाग्री र कार्यालय सञ्चालनको लागि आवश्यक फर्निचर खरिद गर्ने बताए ।

प्रावि बग्नाह खैलारका प्रअ लक्ष्मी शाहीले पुस्तकालय र शैक्षिक सामाग्रीकाले लागि पाएको रकम खर्चने प्रतिबद्धता ब्यक्त गरिन । स्थानीय शिक्षक बेदराज अधिकारी र स्थानिय सञ्चारकर्मी सुदीप अधिकारीको अगुवाईमा विद्यालय अनुगमन तथा राहत रकम हस्तान्तरण गरिएको थियो ।

बबई शिशु निमाविमा विद्यार्थीको चाप बढी भएको र खानेपानीको अभाव भएकोले पाएको रकमले नयाँ खानेपानीको धारा जडान गर्ने निमित्त प्रअ अशोक आचार्यले प्रतिबद्धता जनाए ।

आरपी सुवेदीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment