Comments Add Comment

बाबुलाई हराउँदै अमृत बने च्याम्पियन

amrit-and-bipana

१५ कात्तिक, काठमाडौं । डिफेन्डिङ च्याम्पियन अमृत थापा मगरले दोश्रो सिभिल बैंक खुला स्क्वास प्रतियोगिताको पुरुष सिंगल्स उपाधि जितेका छन् ।

सातदोटबोस्थित नेपाल स्क्वास एकेडेमीमा शनिबार भएको अत्यन्तै प्रतिस्पर्धात्मक फाइनलमा अमृतले बाबु हीराबहादुरमाथि ३-२ को संघर्षपूर्ण जित निकाल्दै उपाधि रक्षा गरे । पहिलो संस्करणमा पनि अमृतले बाबु हीरालाई नै हराउदै उपाधि जितेका थिए ।

‘बेस्ट अफ फाइभ’ को फाइनलमा अमृतले २-० ले पछि परेको स्थितिलाई उल्ट्याउदै उपाधि जित्न सफल भएका हुन् । पहिलो र दोश्रो सेटमा अमृत क्रमशः ११-१३ र ९-११ ले पछि परे । अमृतले तेश्रो सेट ११-७ र चौथो ११-५ ले जित्दै खेललाई २-२ को बराबरीमा पुर्‍याए ।

पाँचौं तथा निणर्ायक सेट ११-९ ले आ-आफ्नो पक्षमा पार्दै अमृतले उपाधि सुनिश्चित गरे । सुरज श्रेष्ठ र प्रवीणवीरसिंह कंसाकार संयुक्त रुपमा तेश्रो भए । पहिलो हुनेले ५ हजार, दोश्रोले ३ हजार र तेश्रोले २-२ हजार नगद पुरस्कार हात पारे ।

गत संस्करणमा तेश्रो स्थानमा चित्त बुझाएकी विपना ब्लोन महिला सिंगल्समा पहिलो भइन् । फाइनलमा विपनाले स्वस्थानी श्रेष्ठलाई ३-० ले हराइन् ।

विपनाले तीनै सेट समान ११-७ ले जितेकी थिइन् । विपनाकी बहिनी सपना र सन्तोषी श्रेष्ठले तेश्रो स्थानमा चित्त बुझाए ।

विश्व स्क्वास दिवसको उपलक्ष्यमा नेपाल स्क्वास र्‍याकेट्स संघद्वारा आयोजित प्रतियोगिताको यु-१७ जुनियर ब्वाइज सिंगल्समा आकाश सुनवार च्याम्पियन बने । उपाधि भिडन्तमा आकाशले अमिर ब्लोनलाई ६-११, ११-८, १२-१० र १२-१० ले पाखा लगाए । दीपक थापा र विक्रम मगर तेश्रोमा सीमित भए ।

समान पुरस्कार राशी रहेको महिला र जुनियर ब्वाइज सिंगल्सको विजेताले ३ हजार, उपविजेताले २ हजार र तेश्रोले १-१ हजार नगद पुरस्कार हात पारे ।

प्रतियोगिताको भेट्रान्स ५० वर्षमाथि पुरुष सिंगल्समा लालबहादुर गुरुङले स्वर्ण जिते । उनले किशोर महर्जनलाई ११-७, ११-४, ३-११ र ११-९ ले पन्छाए । प्रेम सिंह र मनोजबहादुर श्रेष्ठ तेश्रो भए ।

सोही स्पर्धाको प्लेटतर्फ दिलिपनरसिंह अधिकारी पहिलो बने । फाइनलमा उनले राजेन्द्र शाक्यको चुनौती ११-८, ५-११, ११-७, ७-११ र ११-८ ले समाप्त पारे । किरण महर्जन र वीरबहादुर नेपाल तेश्रो भए ।

प्रतियोगिताअन्तर्गत पुरुष सिंगल्समा ३२, महिला सिंगल्समा १०, जुनियर ब्वाइजमा २० र भेट्रान्समा १६ प्रतिस्पर्धी सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment