Comments Add Comment

पत्रकारद्वय लेनिन र नारायण पुरस्कृत

lanin-and-amrit

काठमाडौं । पत्रकारद्वय लेनिन बन्जाडे र नारायण अमृत अनेवा पुरस्कारबाट पुरस्कृत भएका छन् ।

पत्रकारिता र साहित्य क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएबापत अन्तर्राष्ट्रिय नेपाली वाङ्मय प्रतिष्ठान बेलायतले पत्रकारद्वय बन्जाडे र अमृतलाई पुरस्कृत गरेको हो ।

राजधानीमा सोमबार आयोजित कार्यक्रममा नेपालका लागि बेलायती राजदूत एन्ड्रयु जेम्स स्पाक्र्सले जनही ३० हजार रुपैयाँसहित पत्रकारद्वयलाई सम्मान गरे । राजदूत स्पार्कले प्रतिष्ठानले दुवै मुलुकलाई जोड्न सेतुको काम गरेको बताए ।

बीबीसी नेपाली सेवाका प्रमुख रवीन्द्र मिश्रले विदेशमा बसेर संस्था सञ्चालन गर्न सहज नहुँदा पनि प्रतिष्ठानले नेपाली वाङ्मयमा पुर्‍याएको योगदानको सराहना गरे ।

साहित्यकार  तुलसी दिवसले नेपाली साहित्यिक प्रतिष्ठानहरुले डायस्पोरामा छरिएर रहेका स्रष्टा पहिचान गरी सम्मान गर्नुपर्ने सुझाव दिएका छन् ।

तस्वीर: जनकराज भट्ट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment