Comments Add Comment

मेस्सीले भेट्टाए राउलको सर्वाधिक गोलकर्ताको कीर्तिमान

Messi

२० कात्तिक, काठमाडौं । बार्सिलोनाका स्ट्राइकर लिओनल मेस्सीले च्याम्पियन्स लिगका सर्वाधिक गोलकर्ता राउल ७१ गोलको कीर्तिमानसँग बराबरी गरेका छन् ।

मंगलबार राति लिभरपुलविरुद्ध एक गोल गर्न सकेको भए क्रिष्टियानो रोनाल्डोले मेस्सीअघि नै राउलको कीर्तिमानसँग बराबरी गर्ने थिए । तर, रोनाल्डोले गोल गर्न सकेनन् ।

बुधबार राति भएको खेलमा एयाक्सविरुद्ध बार्सिलोनालाई २–० को जित दिलाउने क्रममा दुबै गोल मेस्सीले गरे ।

खेलको ३६ औं मिनेटमा हेड गोल गरेका उनले ७६ औं मिनेटमा व्यक्तगत दोस्रो गोल गरे । यससँगै उनले रियल मड्रिडका पूर्व स्टार राउलको नाममा रहेको ७१ गोलको कीर्तिमानसँग बराबरी गरेका छन् ।

मेस्सीले ९० खेलमा ७१ गोल गरेका हुन् । राउलले १४२ खेलमा यो कीर्तिमान बनाएका थिए । रोनाल्डोले १०७ खेलमा ७० गोल गरेका छन् र एक गोलले मात्र पछि छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment