Comments Add Comment

गणेशमानको जन्म शताव्दीमा राष्ट्रिय कराते प्रतियोगिता हुने

min krishna२० कात्तिक, काठमाडौं । २०४६ सालको जनआन्दोलनका सबोच्च कमाण्डर गणेशमान सिंहको जन्म शताब्दीको उपलक्ष्यमा ललितपुरको चागागाउमा राष्ट्रिय कराते प्रतियोगिता आयोजना हुने भएको छ ।

गणेशमान शान्ति प्रतिष्ठान नेपालका अध्यक्ष रामकृष्ण चित्रकारका अनुसार यो प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री सुशील कोइरालाले गर्नेछन् ।

करातेका राष्ट्रिय प्रशिक्षक तथा कांग्रेस युवा नेता मीनकृष्ण महर्जनको अगुवाइमा गणेशमान जयन्तीमा राष्ट्रियस्तरको कराते प्रतियोगिता तथा वृहत सांस्कृतिक कार्यक्रम आयोजना हुन लागेको हो ।

कार्यक्रमका लागि रामकृष्ण चित्रकारको संयोजकत्वमा १ सय ५ मूल आयोजक समिति गठन गर्नुकासाथै विभिन्न उपसमितिहरु पनि गठन गरिएको छ ।

सल्लाहकार समितिमा पूर्व मन्त्री ओमकारप्रसाद श्रेष्ठ, नेका पूर्व केन्द्रीय सदस्य सागर शमशेर राण्ँा, पूर्व मेयर बेखारत्न शाक्य, नेपाल कराते महासंघका अध्यक्ष दावा गुरुङ लगायत छन् ।

राष्ट्रियस्तरको प्रतियोगिता भएकाले यसलाई सफल बनाउन स्वयं करोत प्रशिक्षक समेत रहेका राष्ट्रिय खेलाडी मीनकृष्ण महर्जनले तयारीको नेतृत्व गरिरहेको प्रचार प्रसार समितिका संयोजक राजु बस्नेतले जानकारी दिए ।

महर्जनले लौह पुरुष गणेशमान सिंहको नाममा कात्तिक २४, २५ र २६ गते हुने राष्ट्रिय करोत प्रतियोगितामा नेपाली सेना, सशस्त्र र नेपाल प्रहरी सहित अन्य राष्ट्रिय टोलीले भाग लिने जानकारी दिए ।

यो प्रतियोगितामा अनुमाति ३० लाख बजेट लाग्ने र सरकार तथा खेलकुद परिषदसंग आर्थिक सहयोग मागिएको महर्जनले बताए । महर्जनले भने- भनेको देशकै सर्वमान्य नेता हुनुहुन्छ । त्यसैले पनि उहाँको सम्झनामा सो प्रतियोगिता आयोजना गर्न लागेका हौं ।

ललितपुरको दक्षिणी भेगको सदरमुकामको रुपमा रहेको चापागाउँ गाविसमा प्रतियोगिता आयोजना गराउन सोही गाउका बासिन्दा भएकाले महर्जनलेनै अगुवाइ गरेका छन् ।

खेलकुद परिषदका पूर्व कोषाध्यक्ष महर्जनले सितोरियो करातेमा २०४४ सालमा राष्ट्रि च्याम्पियन भई राष्ट्रयि कराते प्रतियोगितामा दुई दर्जनभन्दा बढी स्वण्र्ँपदक जितेका छन् ।

उनले बिभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा भाग लिएर पदक पाएका कारण यो प्रतियोगिताको जिम्मा दिइएको चित्रकारले बताए ।

गणेशमानको नेतृत्वको आन्दोलनमा भाग लिएर आफूहरु राजनीतिमा लागेकाले जन्म शताव्दीका अवसरमा यो प्रतियोगिता गरेर नया पुस्ता तथा खेलाडीमा गणेशमानको बारेमा पुनस्मरण गराउन खोजिएको उनले बताए ।

कांग्रेस महासमिति सदस्य समेत रहेका महर्जनले यो प्रतियोगिता गणेशमानको नाममा भएकाले यसमा पार्टीको कुनै गन्ध नहुने बताए ।

चाापगाउमा राष्ट्रियस्तरको प्रतियोगिता गर्दा यहाको भौतिक विकासमा राज्यको ध्यानाकर्षण पनि गराउन सकिने भएकाले यो ठाउ तय गरिएको महर्जनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment