Comments Add Comment

सर्वाधिक गोलकर्ता बन्न मेस्सी र रोनाल्डोको प्रतिस्प्रर्धा

Messi

प्रतिस्प्रर्धा उस्तै छ, जस्तो केही गौरवशाली क्षण । तर, अब मेस्सी र रोनाल्डोको प्रतिस्पर्धा सम्भवत केहि समयमै अन्त्य हुनेछ ।

विश्वका दुई उत्कृष्ट फुटबलले च्याम्पियन्स लिगमा रियल  मड्रिडका लेजेन्ड राउलको ७१ गोलको रेकर्ड तोड्दैछन् ।

अहिलेसम्म मेस्सीले ७१ गोल गरेर राउलको कीर्तिमानसँग बराबरी गरेका छन् भने रोनाल्डो एक गोलले पछि छन् । यस्तोमा दुबै फुटबलरहरु नयाँ रेकर्ड बनाउनबाट मात्र १ र २ गोलले पछि छन् ।

तर, रोनाल्डोभन्दा पहिले मैस्सीले राउलको रेकर्ड तोड्ने सम्भाबना बलियो छ किनभने रियलले भन्दा एक दिन पहिले मेस्सीको बार्सिलोनाले च्याम्पियन्स लिगमा अपोइल निकोसियासँग खेल्ने छ ।

त्यसको ठिक एक दिन पछि रोनाल्डोको रियल मड्रिडले एफसी बाजलसँग खेल्नेछ ।

बुधबार एयाक्सबिरुद्ध बार्सिलोनाले २-० को जित निकाल्दा दुबै गोल गर्दै मेस्सीले राउलको रेकर्ड बराबरी गरेका थिए । राउलको रेकर्ड बराबरी गर्दा मेस्सीले उनीभन्दा ५२ खेल कम खेलका छन् ।

मेस्सीले रेकर्ड बराबरी गर्नुभन्दा पहिले मौका रोनाल्डोसँग थियो । बार्सिलोनाको खेलको अघिल्लो दिन रियल   मड्रिडले लिभरपुलसँग खेलेको थियो । तर, रोनाल्डोले गोल गर्न सकेनन् ।

बार्सिलोना र रियल दुवैले च्याम्पियन्स लिगको अन्तिम १६ स्थान बनाइसकेका छन् । त्यसैले अब सबैको ध्यान मेस्सी र रोनाल्डोतिर तानिएको छ ।

भर्खरै गोल्डेन बुट जितेका रोनाल्डोले करिअरको ४०० गोल गर्न मेस्सीले भन्दा १४७ खेल बढी खेल्नुपरेको छ । तर, ला लिगाका मात्र १४० खेलमै रोनाल्डोले आफनो गोल संख्या १५० पुर्याए, जहाँ मेस्सीलाई १५० गोल गर्न २०३ खेल खेल्नु पर्यो ।

अहिलेसम्म मेस्सीले रोनाल्डोभन्दा अगाडि धेरै कीर्तिमान बनाएका छन् ।

मेस्सीले रोनाल्डोभन्दा पहिले च्याम्पियन्स लिगको अल टाइम टप स्कोरिङ रेकर्ड बनाए भने रोनाल्डो र मेस्सीबिच नम्बर वानको लडाइ भने चलिरहनेछ ।

डेलिमेलको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment