Comments Add Comment

दक्षिण अफ्रिकाविरुद्ध दोस्रो टी-२० मा अष्ट्रेलियाको सहज जित

२१ कात्तिक, काठमाडौं । बलहरुले उत्कृष्ट प्रदर्शनसँगै अस्ट्रेलियाले दोस्रो टी-२० मा दक्षिण अफ्रिकामाथि ७ विकेटको सहज जित हात पारेको छ । जितसँगै तीन म्याचको टी-२० सिरिजमा १-१ को बराबरी भउको छ ।

मलेबर्न कि्रकेट ग्राउण्ड टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ७ विकेट गुमाएर जम्मा १०१ रन बनायो । उसका क्यापटेन जेपी डुमिनी एक्लैले ४९ रन बनाए पनि अन्य ब्याट्सम्यानहरु चल्न सकेनन् ।

दक्षिण अफ्रिकालाई सस्तैमा समेट्न अस्टे्रलियाका जेम्स फल्कनरले ३ तथा क्यामरुन बोइसले २ विकेट लिए ।

जवाफी ब्याटिङमा अस्ट्रेलियाले ४४ बल बाँकी छदै ३ विकेटको क्षतिमा लक्ष्य भेट्टायो । उसका लागि कप्तान आरोन फिन्चको अविजित ४४ सेन वाट्सनको ३० रनको योगदान दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment