Comments Add Comment

पदकधारी विमलालाई २ लाख ५० हजारसहित सम्मान

२२ कात्तिक, काठमाडौं । इन्चोन एसियाडमा नेपाललाई कास्य दिलाएकी कराते खेलाडी विमला तामाङलाई लाख ५० हजारसहित सम्मान गरिएको छ ।

बालाजु कराँते डो प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा विभिन्न संघसंस्थाले संयुक्तरुपमा तामाङलाई सम्मान गरेको हो ।

संसदीय दलका उपनेता तथा एमाओवादीका केन्द्रीय सचिव टोपबहादुर रायमाझीले खेलकुद र खेलाडीमाथि राजनीति गर्न नहुने बताए । सभासद् लक्ष्मण राजवंशी र पर्शुराम तामाङले देशको इज्जत बढाउने खेलाडी उत्पादन गर्नेतर्फ अबको खेलकुद क्षेत्र लाग्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा मानव अङ्ग प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा प्रकाशचन्द्र श्रेष्ठले खेलाडी तामाङलाई आरोग्य प्रतिष्ठानको सद्भाव दूतको रुपमा मनोनीत गरे । साथै तामाङलाई २५ हजार नगद दिने घोषणा गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment