Comments Add Comment

कोष्टाको गोलमा चेल्सी एन्फिल्डमा विजयी

Diego-costa
२२ कात्तिक, काठमाडौं । डिएको कोष्टाको गोलको मदतमा चेल्सीले इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुललाई पराजित गरेको छ ।

शनिबार राति भएको खेलमा चेल्सीले लिभरपुललाई २-१ गोल अन्तरले पराजित गरेको हो । चेल्सीले यो सिजन प्रिमियर लिगमा हार व्यहोरेको छैन ।

म्यानचेष्टर सिटी र युनाइटेडसँग बराबरी खेलेको छ । चेल्सी ११ खेलबाट २९ अंकका साथ शीर्ष स्थानमा छ । एक कम खेलेको साउथहृयाम्पटन २२ अंकका साथ दोस्रो र म्यानचेष्टर सिटी २० अंकका साथ तेस्रो स्थानमा छ ।

घरेलु मैदान एन्फिल्डमा भएको खेलमा लिभरपुलले नवौं मिनेटमा गोल गरेर पनि अग्रता जोगाउन सकेन । क्यानको प्रहार चेल्सीका डिफेण्डर ग्यारी हारिलको ढाडमा ठोक्किएर गोलमा परिणत भएको थियो ।

तर, १४ औं मिनेटमा काहिलले नै चेल्सीका लागि बराबरी गोल गरे । बाउन्स भएर आएको बलमा उनले क्लोज रेन्जबाट गोल गरेका थिए ।

खेलको ६७ औं मिनेटमा कोष्टाले गोल गरे । खेलको अन्त्यतिर लिभरपुलका कप्तान स्टफेन जरार्डको प्रहार काहिलले हातले राखेपनि रेफ्रीले पेनाल्टी दिएनन् र चेल्सी २-१ गोलले विजयी भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment