२३ कात्तिक, काडमाडौं । रियल मड्रिडले स्पेनिस ला लिगा फुबटबलमा शीर्षता कायमै राखेको छ ।
शनिबार राति भएको खेलमा लिग लिडर मड्रिडले रायो भालेकानोलाई ५–१ ले पराजित गरेको छ । खेलमा रियल मड्रिडले नवौं मिनेटमा नै ग्यारेथ बेलको गोलबाट अग्रता लिएको थियो ।
उसका लागि सर्जिओ रामोस, टोनी क्रुज, करिम बेन्जिमा र क्रिष्टियानो रोनाल्डोले गोल गरे । रोनाल्डोले ८३ औं मिनेटमा गोल गरे ।
लिगमा उनको १८ औं गोल हो । यो सिजन ला लिगामा १० खेल खेलेका रोनाल्डोले सबै खेलमा गोल गरेका छन् ।
ला लिगामा अगष्ट ३१ मा रियल सोसिडाडविरुद्ध भने उनले खेलेका थिएनन् । जुन खेलमा रियल ४–२ ले पराजित गरेको थियो ।
त्यसयताका ९ खेलमा गोल गरेका रोनाल्डोले ला लिगाममा रियल मड्रिडको पहिलो खेलमा पनि गोल गरेका थिए ।
रोनाल्डोले गोल गरेपनि एल्थेटिको मड्रिडसँग भने रियल पराजित भएको थियो । ११ खेलपछि रियल मड्रिड २७ अंकका साथ शीर्ष स्थानमा छ ।