Comments Add Comment

स्वरेजको प्रेरणामा बार्सिलोना विजयी

Luis Suarez with alba and neymar२३ कात्तिक, काडमाडौं । एक गोलले पछि परेको बार्सिलोनाले लुइस स्वरेजको प्रेरणामा अल्मारियालाई पराजित गरेको छ ।

शनिबार राति भएको खेलमा बार्सिलोनाले २–१ को जित हात पारेको हो । बार्सिलोनाको गोलमा दुबै पास स्वरेजले मिलाएका थिए ।

खेलमा अल्मारियाले ३७ औं मिनेटमा अप्रत्यासित अग्रता लिएको थियो ।

प्रशिक्षक लुइस इनरिकले नेयमार, स्वरेजलाई बेन्चमा राखेका थिए । पहिलो हाफको अन्त्यमा स्वरेजले पेड्रो र नेयमारले मुनिसलाई रिप्लेस गरे ।

७३ औं मिनेटमा स्वरेजको पासमा नेयमारले बार्सिलोनाका लागि बराबरी गोल गरे । ७५ औं मिनेटमा स्वरेजले गोल गर्ने मौका गुमाए ।

खेलको ८२ औं मिनेटमा स्वरेजकै पासमा जोर्डी अल्बाले गोल गर्दै बोर्सिलोनालाई जित दिलाए ।

ला लिगामा पछिल्लो तीन खेलमा बार्सिलोनाको यो पहिलो जित हो । एइल क्लासिकोमा रियल मड्रिडसँग ३–१ ले पराजित बार्सिलोनाले सेल्टाभिगोसँग १–० को अप्रत्यासित हार व्यहोरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment