Comments Add Comment

हिन्दु राष्ट्र र अन्य धर्मावलम्बीको चासो

Narayan-daiनारायण पंगेनी

गणतन्त्र नेपाल घोषणासँगै नेपाललाई धर्मनिरपेक्ष राष्ट्रसमेत घोषणा गरिएको छ । धर्मनिरपेक्ष राष्ट्र घोषणा गरिएपछि अल्पसंख्यक मुस्लिम समुदायमा पनि खुशी छाएकै हो । तत्कालिन नेकपा (माओवादी)को दश वर्षे जनयुद्धको क्रममा पनि मुस्लिम समुदाय सरिक भएका थिए ।

नेपाललाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गरिएपछि गैरहिन्दु समुदायमा खुशीयाली छायो । नेपालकै हिन्दु धर्मलाई समेत अंगाल्ने बौद्ध धर्मावलम्बी जनजातिहरु पनि धर्म निरपेक्ष राष्ट्र घोषणा गरिएपछि हौसिएकै हुन् ।

०६२/६३ को जनआन्दोलनपछि गणतन्त्र स्थापना तथा संविधानासभाको निर्वाचन हुँदै धर्मनिरपेक्षसम्म आइपुग्दा आम नेपाली नागरिकहरुमा उत्साह नै छाएको हो । तर लामो समयसम्म पनि संविधानसभाले नयाँ संविधान दिन नसकी दोस्रो संविधानसभाको निर्वाचन भई संविधान जारी गर्ने समय नजिकिदै गर्दा अहिले नेपाललाई हिन्दु धर्म सापेक्ष राष्ट्र बनाउनुपर्ने बहस चर्किएको छ ।

संविधानसभा निर्वाचनको चौथो ठूलो दल राप्रपा नेपालले हिन्दु राष्ट्रको पक्षमा वकालत गरिरहेका बेला कांग्रेस नेता खुमबहादुर खड्का नेतृत्वमा पनि हिन्दु राष्ट्रको पक्षमा अभियान थालिएको छ । खड्काको सोही अभियानमा लागेका मुस्लिम समुदायका बाँकेका मोहम्मद नक्की खाँनले नेपाल धर्म निरपेक्ष राष्ट्र हुँदा आफूहरु असुरक्षित हुने बताउँछन् ।

नेपालका मुस्लिम समुदायका नेताहरुको हत्या हुने क्रम कायमै छ । मुस्लिम समुदायका नेताहरु नेपालका कुनै न कुनै राजनीतिक दलहरुमा आवद्ध पनि छन् । नेपालका मुस्लिम समुदायका नेताहरु पाकिस्तानी मुस्लिमसँगको सम्बन्ध भएको कारण पनि घटनाहरु घट्ने गरेका छन् ।

मुस्लिम नेताको हत्या केही आन्तरिक राजनीतिमै पनि भएका छन् भने अधिकांशको हत्या पेशेवर समूहबाट भएको छ । पाकिस्तानी मुस्लिम समूहसँगको सम्बन्धकै कारण नेपाली मुस्लिम नेताहरुको हत्या हुने गरेको प्रहरी रिपोर्टहरुमा समेत उल्लेख छ ।

मुस्लिम समुदायका अगुवा मानिने तथा सञ्चार उद्यमी जमिम शाह, युनुस अन्सारीमाथि सेन्टर जेल भित्रै गोली प्रहार गरिएको थियो भने इस्लामी संघका नेता फैजान अहमद, सप्तरीका पूर्व सभासद सदरुल मियाँ हक तथा बाराका एमालेका उम्मेदवार मुहमद आलमको केही वर्षको अन्तरालमा हत्या भयो ।

क्रिश्चियन धर्मको जस्तै धार्मिक प्रचारप्रसारमा नलागे पनि मुस्लिम समुदायले नेपालमा इस्लाम धर्मको प्रचारप्रसारलाई पनि तीब्र ढंगले अघि बढाएकै छन् । नेपालको ग्रामीण बस्तीहरुमासमेत रहेका मुस्लिम समुदायमा चेतनाको स्तरसमेत माथि उठ्न नसकेको अवस्था अहिले पनि कायमै छ । धार्मिक परिबन्धकै कारण मुस्लिम समुदायका मानिसहरु परिवार नियोजनका साधनहरु समेत प्रयोग गर्दैनन् ।

‘नेपाल हिन्दु राष्ट्र हुँदा जति सुरक्षित थियौं, अहिले सुरक्षित छैनौं,’ धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दु राष्ट्र नेपाल स्थापना अभियान कार्यक्रममा बोल्दै उनले भने, ‘हिन्दु राष्ट्र कायम रहे मात्रै नेपाल रहन्छ ।’

मुस्लिम समुदायका नेता खान मात्र होइन, बुद्ध धर्म मान्ने तामाङ् संघका केन्द्रीय महासचिव बर्म लामा पनि नेपाल हिन्दु धर्म सापेक्ष हुनुपर्नेमा वकालत गर्छन् । हिन्दु र बौद्ध धर्मबीच अन्यौन्याश्रतिस सम्बन्ध रहेको भन्दै उनले धर्म निरपेक्ष हुँदा साम्राज्यवादीहरुसँग लड्न गाह्रो हुने बताउँछन् ।

धर्म निरपेक्ष राष्ट्र घोषणा गरिएपछि क्रिश्चियन धर्मावलम्बीहरुलाई मात्रै फाइदा हुने हिन्दुवादीहरुको तर्क छ । पश्चिमाहरुको डिजाइनले नै नेपालाई धर्म निरपेक्ष घोषणा गरी नेपालीलाई पैसामा किन्न खोजिएको उनीहरुको तर्क छ ।

नेपालमा लामो समयदेखि बौद्ध, मुस्लिम र हिन्दु धर्मावलम्बीहरु मिलेर बसेकोले नेपाललाई हिन्दु राष्ट्र नै कायम गर्नुपर्ने भन्दै नेपाललाई धर्म निरपेक्ष राष्ट्र घोषणा गर्दा एकमतले ताली बनाएका कांग्रेसी नेताहरु नै नेपाललाई हिन्दु राष्ट्र कायम गर्नुपर्ने अभियान थालेपछि थप विवाद चर्किने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment