Comments Add Comment

यू-१९ प्रिमियर क्रिकेटमा नेपालद्वारा कुवेत २६२ रनले पराजित

Man-Of-the-match-Aarif

  • म्यान अफ दि म्याच ट्रफिका साथ नेपालका आरिफ शेख । तस्वीरः एसीसी

२४ कात्तिक, काठमाडौं । आयोजक कुबेतलाई पराजित गर्दै एसीसी यू-१९ प्रिमियर क्रिकेटमा नेपालले लगातार दोस्रो जित हात पारेको छ ।

आफ्नो दोस्रो खेलमा नेपालले कुवेतलाई २६२ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।

नेपालले प्रस्तुत गरेको ३२६ रनको लक्ष्य पछ्याएको कुवेत २७.४ ओभरमा ६३ रन जोड्दा अलआउट भयो । नेपालको कसिलो बलिङका सामू कुवेतका व्याट्सम्यानहरु चल्न नसकेनन् ।

उसका लागि मिराजले सर्वाधिक १५ रन बनाए भने विलाल ताहिरले ११ र सिद्धिकले १० रन जोडे । अन्य व्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

उसलाई सस्तैमा समेट्ने क्रममा दिपेश श्रेष्ठ, इर्शाद अहमद र सुनिल धमालाले समान २-२ विकेट लिए भने आरिफ शेख र सुशील कँडेलले १-१ विकेट लिए ।

यसअघि टस हारेर व्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३२५ रन बनाएको थियो ।

खराव सुरुवात गरेको नेपालका मध्यक्रमका व्याट्सम्यान चम्किए । आफरि शेख र शौरभ खनालले अर्धशकत बनाए भने सन्दिप सुनार र दिपेन्द्र ऐरी केही रनले चुके ।

नेपालले सुरुवाती ३ विकेट गुमाउँदा मात्र ९ रन बनाएको थियो । तर, नेपालको पारी मध्यक्रमका व्याट्सम्यानले सम्हाले । चौथो विकेटका लागि कप्तान राजु रिजाल र उपकप्तान आरिफ शेखले ९४ रनको साझेदारी गरे । थौथो विकेटका रुपमा कप्तान रिजाल ३१ रनमा आउट भए ।

त्यसपछि क्रिजमा आरिफ र सन्दिप सुनार जमे । आरिफ र सन्दिपले पाँचौं विकेटका लागि ९३ रनको साझेदारी गरे । सन्दिप ४९ रनमा आउट भए । छैटौं विकेटका रुपमा आउट भएका आरिफ शेखले ८७ रन बनाए । १११ बलको सामना गरेका उनले ६ चौंका हानेका थिए ।

सातौं विकेटका लागि शौरभ खनाल र दिपेन्द्र ऐरीले ९६ रनको साझेदारी गरे । आक्रामक व्याटिङ गरेका दिपेन्द्रले २० बलमा २ चौका र ४ छक्काको मदतमा ४८ रन बनाए । शौरभ ३५ बलमा ६४ रन बनाएर अविजित रहे । उनले चार चौका र २ छक्का हाने ।

४०.४ ओभरमा २०० रन बनाएको नेपालले ४७.४ ओभरमा ३०० रन बनाएको थियो ।

2-Game summary_Nep vs Kuwait

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment