Comments Add Comment

नाइजेरियाको एक स्कुलमा आत्मघाती आक्रमण, ४७ विद्यार्थीको मृत्यु

२४ कात्तिक, काठमाडौं । उत्तर पूर्वी नाइजेरियाको पोटिस्कम शहरको एक स्कुलमा भएको आत्मघाती आक्रमणमा ४७ विद्यार्थीको मृत्यु भएको छ । ७९ घाइते भएका छन् ।

आक्रमण छात्रको विज्ञान तथा प्रविधिको एक स्कुलमा भएको हो । आक्रमणमा चरमपन्थी समूह बोको हराम जिम्मेवार रहेको प्रहरीको आशंका छ ।

बोको हरामले इस्लामी राज्य स्थापनाको माग राख्दै ५ वर्षदेखि स्कुललाई निशाना बनाएको छ, जसमा हजारौं मानिसको मृत्यु भइसकेको छ ।

समाचार एजेन्सी एपीका अनुसार स्कुल पोशामा आएका आत्मघाती आक्रमणकारीले विष्फोट गराएको घटनामा मुस्किलले बाँकेकाहरुले बाँचेकाहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment