Comments Add Comment

बुद्धिजीवीज्यू, यो हो अहिलेको काम

प्रा.डा.बद्रीविशाल पोखरेल

Badribishal pokhrelअहिले नेपालमा फेरि जात, भात र नश्लको राजनीतिक क्षयरोग जबर्जस्ती ब्युँझाइएको छ । अहिले यो पहिलो चरणमा रहेको छ । भरसक रोगै लाग्न दिनका लागि पथपरहेज गर्नुपथ्र्यो । यो त हुन सकेन । जतिबेला यसलाई कथित राजनीतिको मोहरा बनाइयो, त्यसको लक्षण देख्ने बित्तिकै उपचारविधि अपनाउनु पर्दथ्र्यो । यस खालको दूरदृष्टि विगत एमाले नेतृत्वमा देखिएन । यसलाई देख्ने क्षमता बौद्धिक व्यक्तित्वमा हुनुपर्दथ्र्यो । त्यो पनि विगतमा खासै हुन सकेन । जबजमा एकात्मक शासन प्रणालीका विरुद्ध देश जनतालाई प्रत्यक्ष लाभ पुर्‍याउने जनसंघ प्रदेश निर्माणको अवधारणा एमालेकै नेताले अझै देखेको पाइएन । आफ्नो राम्रो भए पनि अर्काकै घरबार राम्रो देखेर लहसिने एमाले मतिका कारण जबजको मणि भिल्लका देशको जस्तो भयो ।

संविधान बन्ने र मुलुकले अग्रगामी बाटो तय गर्ने बेलामा अनेक बखेडा गरेर जात, भात, क्षेत्र र प्रदेशका नाममा हदै दर्जाको निम्न स्तरमा ओर्लिएर कामरेड प्रचण्डको बालपनलाई बेलैमा ठिक नलगाउने हो भने सस्तो राजनीतिले मुलुकमा निकै असजिलो हुने निश्चित देखिन्छ । यस सवालमा नेपाल बुद्धिजीवी परिषदको माथिल्लो नेतृत्वलाई अलिअलि घोच्ने गर्छ ? गरेको छ ? छ भने र परिषद्का सल्लाहकारका अमूल्य सुझाव पनि पाएको भए यस विषयमा बेलैमा बोल्ने र लेख्ने कि ? किनभने बेलाको बोली र मौकाको काम मात्र काम लाग्छ । के गर्‍यो के के देख्यो भन्ने उखान झैा हुने हो भने संगठन र प्रमुख नेतृत्वको औचित्यमा प्रश्न उठ्ने देखिन्छ ।

नित्य नवीन सोच,खोज र लेखन नै बौद्धिक प्राज्ञिक सही पहिचान हो । सही मानेमा प्राज्ञिक व्यक्तित्व भनेको आगामी अर्द्ध सदी वा शताब्दीको भविष्यद्रष्टा नै दूरदर्शी विचार, चिन्तन र मान्यताका दर्शक हुन् । यिनै समाजका संवाहक हुन् । यस खालको काममा कमै बौद्धिक व्यक्तित्वको ध्यान दृष्टि परेको देखिन्छ । कतिपय बौद्धिक व्यक्तित्वले ज्ञान, बुद्धि र दूरदृष्टि भएकाले पनि मर मलाहिजा बिना समयमै भविष्य देखेर पनि बोल्ने हिम्मत गर्न नसकेका हुन् कि भन्ने लागेको छ । यस खालको काम निकै सकसपूर्ण पनि हुन्छ र भएको पनि छ । आदेश निर्देशलाई चाहिा वेदवाक्य मान्ने सिकाइले सिर्जनात्मकता खस्किन्छ ।

माओले सयौं फुल फुलुन्, सयौं विचार पन्पियुन् भने पनि यसलाई अहिले सम्म पनि व्यवहारमा उतार्न पुरातन शिक्षाका कारण अल्झोमा परिरहेकै छ । त्यसैले नेपालको पनि विशेषतः बाम बौद्धिक क्षेत्रलाई यस खालको अतिवादले बेरेको बेरै छ । त्यसकारण नेपाल बुद्धिजीवी परिषदमा पनि यसको अवशेष पर्याप्त पाइन्छ । तर अहिले प्रगतिशील तथा प्रजातान्त्रिक बौद्धिक संस्था र व्यक्तित्वले अहिले देखापरेको चरम जातिवादी उचालपछारमा विशेष ध्यान केन्दि्रत गरी राष्ट्रिय बौद्धिक अभियान सञ्चालन गर्नु अपरिहार्य देखिन्छ ।

बौद्धिक संगठनको देश व्यापी सञ्जालका दृष्टिले नेबुप पहिलो स्तरमा पर्छ । तर सिर्जनात्मकता रचनात्मकताका दृष्टिले यसको गणना गान्धी श्रेणीमा मात्र रहेको देखिन्छ । पार्टी नेतृत्वको आदेश र निर्देश बिना चटपटाउनै नमान्ने प्रवृत्ति विकसित भइरहेको पाइन्छ । पार्टी नेतृत्वले सधैा पाइला पाइलामा सिकाइ रहन पनि भ्याउादैन । यसरी संस्था र त्यसको नेतृत्व सिर्जनात्मक पनि हुादैन । जिम्मेवारी र दायित्वलाई सिर्जनात्मक रूपमा हर्दम सोचमग्न नेतृत्व मात्र प्रभावकारी हुन्छ । नत्र यो बेला नेपालमा संविधान बन्ने अनुकूल परिस्थितिमा स्वयं प्रचण्ड तराइ मधेस र पहाडी खास जाति समुदायका बीच विखण्डनवादी चरम जातिय,क्षेत्रीय भाइरस फैलाउादै हिाडेको जग जाहेर छ । यस खालका घटिया विषयलाई समयमै बौद्धिक प्रतिवाद नगर्ने हो भने असत्य पनि सत्य जस्तो लाग्न सक्छ ।

जबजमा एकात्मक शासन प्रणालीका विरुद्ध देश जनतालाई प्रत्यक्ष लाभ पुर्‍याउने जनसंघ प्रदेश निर्माणको अवधारणा एमालेकै नेताले अझै देखेको पाइएन । आफ्नो राम्रो भए पनि अर्काकै घरबार राम्रो देखेर लहसिने एमाले मतिका कारण जबजको मणि भिल्लका देशको जस्तो भयो ।

हिजो जननेता मदन भण्डारीले ऐन मौकामा सामन्तवादी तथा प्रतिकि्रयावादी कुप्रवृत्ति विरुद्ध थला पर्ने गरी रोचक र घोचक तरिकाले छाास्थे र तिनलाई अतिवादी बाटोमा जानबाट रोक्थे । एउटा शिक्षकले कक्षा कोठामा आलपिन खसाउादा त्यसलाई सामान्य ठान्यो भने भोलि अरू ठुलो फलाम खसाउाछ, शान्तवातावरण विथोल्छ । यस विषयमा प्रमुख राजनीतिक पार्टी नै अगाडि सर्दा सहमति र सहकार्यको वातावरणमा असर पर्छ । यस्तै बेला मोर्चा संगठनको आवश्यकता पर्ने हो ।

परोक्ष रूपमा अग्रमनका बाटाका अवरोध हटाएर देश जनताको हितका लागि काम गर्नु चाहि असली बौद्धिक पहिचान हो । जिन्दावाद र मुर्दावादको नारा लगाउने मोर्चा संगठन त अनेक छन् । बौद्धिक प्राज्ञिक पहिचानको संगठनले त यस क्षेत्रका मानिसका दिमागको लिदी सफा गर्ने हो । यसका लागि राष्ट्रिय, क्षेत्रीय र स्थानीय परिषद्का माध्यमबाट बौद्धिक आन्दोलनको अगुवाइ गर्ने पनि हो नि होइन ? यसका लागि एक्लो बहादुर नबनेर यसमा सहमत हुने सहकार्य गर्न चाहने बौद्धिक संगठनको सहभागिता जुटाइ प्राज्ञिक अभियान सञ्चालन गर्दा कसो पर्ला ? बुद्धिजीवीज्यू ।

अहिले तुरुन्त गर्नुपर्ने काम भनेको सम्भावित संघ प्रदेशको खर्च विवरणमा केन्दि्रत भएर नेपालले धान्न सक्ने प्रदेश संङ्याका बारेमा जनचेतना बढाउनु हो । किनभने एक थरि धेर भन्दा धेर संघ प्रदेशको नारा फलाकेर जात, भात भजाएर बुर्कुसी मार्न खोजिरहेका छन् । सिद्धान्त जाती भए पनि व्यवहारको कसीमा सत्यतथ्य सही रूपमा पत्ता लाग्छ र लागेको छ । हिजैको कुरा केहो भने समानुपातिक प्रतिनिधित्व अतिराम्रो भनेर उचालिएर प्रयोगमा ल्याउादा त्यसका विकृति र विकारले लज्जित हुने अवस्था भयो । यसलाई खुम्च्याउनु पर्ने विचार व्यापक बनेको देखियो । आफ्नै नाक भाँच्चिएपछि पलाएको बुद्धि प्रभावकारी बिर्सनै नसकिने हुन्छ ।

त्यस्तै, अहिले १०, ११ र १२ प्रदेशको विभाजन यो देशले कति धान्न सक्छ कि सक्दैन भन्ने कुरा तथ्य तथ्याङ्क सहित स्पष्ट बुझ्ने गरी लोकमा प्रवाह गर्दा आफू भित्रका अलमल र अल्झो हट्ने थियो कि ? नेपालका कुनै भावी एक प्रदेशका सभासद्, मन्त्री परिषद्, तिनको तलब भत्ता, सरसुविधा, गाडी घोडा, पेन्सन पट्टा, औषधी उपचार, मसलन्द, नियमतः पाउने सुत्केरी भत्ता अनि कतिपय पुरुष सांसद्ले पनि विगतमा लिएको सुत्केरो भत्ता, संसद् भवन, मन्त्री र सांसद् आवास भवन, तिनका पिए, पाले आदिको खर्च अमुक आधारपत्रमा स्पष्ट उल्लेख गरिदिए एमालेकै कतिपय रौसे सभासद्को मति ठिक ठाउँमा आउने थियो । अनि एक प्रदेशको यो खर्चलाई सात वा दसले गुण गर्दा राम्रै खर्च आउला । यसको स्रोत पनि त्यसमा उल्लेख होला ।

हिजै प्रसिद्ध विद्वान् कृष्ण हाछेथुले नेपालमा जल, जमिन आदि अनेक उर्जा भरिभराउ छन् भनेर कान्तिपुर टीभीमा बोल्दै थिए । उनका अनुसार संघ प्रदेश बनेपछि सामथ्र्य एकाएक बिनालगानी हिमाल चुली पुग्छ अनि मजाले सुखभाग गर्न पाइन्छ भन्दै थिए । भूमिगत सामथ्र्यलाई मानवीय हितमा प्रयोग गर्न कति पापड बेल्नु पर्छ भन्ने टार्नु पुर्‍याउनु नपर्ने मान्छेलाई के मतलब ।

सस्तो लोकपि्रयताका लागि धेरै संघ प्रदेशका लागि भुई नहेरी उचालिने एमालेमा पनि सभासद् देखिएका छन् । कम्तीमा आफ्नो घर त सम्हाल्नु पर्‍यो र सम्हालिने गति मति लिनु पर्‍यो । यहाँ त सिद्धान्तका सबालमा भन्दा प्राविधिक विषयलाई लिएर आकासै खस्यो भनेर चिच्याउनेको बोलावाल देखिन्छ । घरमुली छानेपछि उसलाई सिर्जनात्मक रूपमा काम गर्ने अनुकूलता प्रदान गर्न सामान्य बहुमत पनि नदिन कसरत गर्नु मात्र बखेडा हो । इमान,जमान र कमाण्ड भएको नेता बालहठका पछाडि लतारिादैन । यस्ता सवालमा अलि धैर्य गरेर सकेसम्म सहमतिमा चल्न पयत्न गर्ने हो नत्र भने लोकतान्त्रिक विधिलाई नमानेर हुन्छ र ? स्पष्ट रूपमा हार खाएपछि पनि हार स्वीकार नगर्नु कुन जनवाद हो ? सधैा रोएर हुन्छ ? फलाना नेताले धोका दिए भनेर कन्पारामा हात राखेर निन्याउरो मुख लगाउनु बेकार छ ।

अब गनगन गर्ने बेला होइन काम गर्ने हो । सधैं मै मात्र भन्ने हामी भन्न नसक्ने र आफू चाहिँ हात्ती अरू भुसुना हुन् ? जननेता मदन भण्डारीको शोकमा एक थोपा आासु नझार्ने अनि मदनको गीत गाउनु मात्र स्वाङ र ढ्वाङ नभएर के हो त ? अहिले त नेपाल गणतन्त्र कालमा पवेश गरेको छ । तपाई अमुक नेता इन्टरनेट अखबारमा जे जे लेख्नु र छाप्नु हुन्छ त्यसका झारपात पनि नछुट्याइ हुबहु स्वीकार्ने अनुचर कति होलान् र ? बुद्धिजीवीको ध्यान यतातिर पनि गए खेर जाने थिएन ।

इटहरी, सुनसरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment