Comments Add Comment

“आँसु बग्दा सुहाउने”

कसको पो चयन हुन्छ र

खुसी मनलाई रूहाउने

कसको पो नयन हुन्छ र

आँसु बग्दा सुहाउने

तर कोही लुकेर, आइदिँदो रहेछ

सारा खुसी खोसेर, रुवाइदिँदो रहेछ ।

 

कसलाई पो कर हुन्छ र

हरेक प्रहर जलेर जिउने

कसलाई पो रहर हुन्छ र

बिना कारण जहर पिउने

तर कोही आएर, जलाइदिँदो रहेछ

लुकाई सिसी खोलेर, पिलाइदिँदो रहेछ ।

 

कसले पो चाहन्छ होला र

संसारैदेखि विछिप्त हुने

कसले पो कल्पन्छ होला र

जवानीमै स्वर्ग छुने

तर कोही आएर, पठाइदिँदो रहेछ

बिनाकारण जिन्दगी, मेटाइदिँदो रहेछ ।

 

गौतम “उदय”
हवाई, अमेरिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment