Comments Add Comment

इबोलाका कारण ज्यान गुमाउने ५ हजार पुग्यो

२७ कात्तिक, काठमाडौं । इबोला भाइरसका कारण मृत्यु हुनेको संख्या ५ हजार नाघेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

उसका अनुसार अहिलेसम्म इबोलाका कारण ५ हजार १६० जनाले ज्यान गुमाएका छन् । पछिल्लो पटक मालीमा तीन जनाको मृत्यु भएको छ  ।

संगठनका अनुसार गिनी र लाइबेरियामा इबोला संक्रमण तिब्र रुपमा फैलिएन तर, सियरा लियोनमा बढी छ । तर, संक्रमणको गम्भीरता कायमै रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

इबोलाबाट अहिलेसम्म १० हजार संक्रमित भएका छन् र  उनीहरुमा अधिकांश पश्चिम अफ्रिकामा भएको बताइएको छ ।

सियरा लियोनमा इबोला भाइरस नियन्त्रणका लागि स्रोत साधन पर्याप्त छैन । ५३ उपचार केन्द्र मध्ये १९ मात्र सक्रिय छन् ।

लाइबेरियामा इबोलाका कारण २८३०, गिनी र सियरा लियोनमा ११०० को मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment