Comments Add Comment

सहवास गर्नु व्यायाम जत्तिकै फाइदाजनक

sexxxसहवास आनन्दका लागि मात्र होइन स्वास्थ्यका लागि समेत निकै फाइदाजनक रहेको पछिल्लो अध्ययनले देखाएको छ । अध्ययनबाट के पुष्टि भएको छ भने व्यायाम गर्दा सरीरलाई जति फाइदा हुन्छ सेक्सबाट पनि उत्ति नै फाइदा हुन्छ ।

सम्भोगका बेला एक सामान्य पुरुषले एक मिनेटमा ४.२ क्यालोरी तथा महिलाले ३.१ क्यालोरी उर्जा खपत गर्दछन् । लाइभ साइन्स मा छापिएको रिपोर्ट  Sexercise? Getting Busy Burns Calories, Study Finds अनुसार यौन सम्बन्धि अनुसन्धानकर्ता विलियम मास्टर तथा भर्जिनिया जोनसनले २१ जोडीमा यस्तो अध्ययन गरेका हुन् ।

सम्भोगका बेला महिला पुरुषमा मुटुको धड्कद प्रति मिनेट १ सय ८० सम्म पुग्ने गरेको छ । जबकी सामान्य खालको व्यायामका बेला मुटेको धड्कन ८५ देखि ११९ प्रतिमिनेट सम्म मात्र पुग्ने गर्छ । सेक्सका बेला हुने उर्जा खपत नाप्नका लागि शोधकर्ताहरुले यौनजोडीको हातमा विशेष उपकरण आर्मब्याण्ड लगाइदिएका थिए ।

अध्ययनमा संलग्न मानिसहरुलाई सेक्स गर्नुभन्दा पहिले एक महिनामा ४ पटक सम्म ३०-३० मिनेटको कडा व्यायाम गर्न लगाइएको थियो । त्यसपछि व्यायामका माध्यमबाट खपत हुने क्यालोरी तथा सम्भोगका बेला खपत हुने क्यालोरीबीच तुलना गरियो । एक जना पुरुषले एक पटकको सम्भोगमा औषतमा १०१ क्यालोरी उर्जा खपत गर्ने तथा महिलाले ६९ क्यालोरी उर्जा खपत गर्ने गरेका छन् । त्यसबाट शोधकर्ताहरुले निष्कर्ष निकाले की महिला र पुरुषले सम्भोग गर्दा कडा व्यायाम गरेजत्तिकै फाइदा उठाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment