Comments Add Comment

उमेरको अन्तर बढ्दा किन बढ्छ डिभोर्सको जोखिम ?

DIVORCEदाम्पत्य जिवन सफल बनाउनका लागि तथा पारिवारिक अनुशासन कायम गर्नका लागि श्रीमान र श्रीमतीबीच उमेरको निश्चित अन्तर आवश्यक पर्ने बताइन्छ ।

उही उमेरका लोग्ने स्वास्नीबीच धेरै ठाकठुक पर्ने, एकले अर्कोलाई नटेर्ने र अनुशासनको अभावमा सम्बन्ध नै खल्बलिने गरेको अनुभव धेरैको हुन्छ ।

तर श्रीमान र श्रीमतीबीचको उमेरमा आवश्यकता भन्दा बढि अन्तर हुनु पनि हानिकारिक हुन्छ । एक अध्ययनले श्रीमान र श्रीमतीबीचको उमेरको अन्तर बढि हुादा सम्बन्ध विच्छेदको दर बढि हुने देखाएको छ ।

अध्ययन अनुसार श्रीमान श्रीमतीको उमेरमा ५ वर्षको अन्तर भयो भने सम्बन्ध विच्छेद हुने सम्भावना १८ प्रतिशतले बढ्छ । जबकी १ वर्षको उमेर अन्तर हुादा सम्बन्ध विच्छेदको सम्भावना केवल ३ प्रतिशत मात्र हुन्छ ।

उमेरको अन्तर जति बढि भयो सम्बन्ध विच्छेदको सम्भावना उति नै बढ्छ । जब लोग्ने र स्वास्नीबीचको उमेरको अन्तर १० वर्ष हुन्छ तब डिभोर्सको दर ३९ प्रतिशतले बढ्छ ।

न्युयोर्क पोष्टका अनुसार २० वर्ष उमेर अन्तर भएका दम्पतिको डिभोर्स हुने सम्भावना ९५ प्रतिशत हुन्छ ।

मिचिगन स्टेट विश्वविद्यालयका शोधकर्ता रान्डल ओल्सनले गरेको अध्ययन अनुसार अन्य पक्षहरुजस्तै उमेर पनि वैवाहिक जिवनलाई दिगो बनाउने महत्वपूर्ण तत्व हो ।

श्रीमान श्रीमतीबीचको सम्बन्धलाई दीगो बनाउनका लागि सन्तान प्राप्ति पनि महत्वपूर्ण विषय रहेको समेत अध्ययनले देखाएको छ । सन्तान नभएका श्रीमान श्रीमती भन्दा कम्तीमा एक सन्तान हुने दम्पतीले सम्बन्ध विच्छेद गर्ने सम्भावना ५९ प्रतिशत कम हुन्छ ।

अर्को रोचक कुरा त के भने शैक्षिक स्तरको अन्तर पनि सम्बन्ध विच्छेदको मुख्य कारक तत्व रहेछ । समान स्तरको शैक्षिक योग्यता हुने लोग्नेस्वास्नीमा डिभोर्सको दर कम पाइएको छ । फरक फरक शैक्षिक स्तर हुने लोग्नेस्वानीले सम्बन्ध विच्छेद गर्ने सम्भावना ४३ प्रतिशत बढि हुन्छ ।

अध्ययन अनुसार वैवाहिक जिवन जति लम्बिादै गयो डिभोर्सको जोखिम पनि उति नै कम हुादै जान्छ । विवाहको दुइ वर्षसम्म टिकेको वैवाहिक सम्बन्ध अन्त्य हुने जोखिम ४३ प्रतिशतले कम हुन्छ भने दश वर्षसम्म विवाहको १० औ वर्षगााठ बनाएका दम्पतीले सम्बन्ध विच्छेद गर्ने जोखिम ९४ प्रतिशतले कम हुन्छ ।

तस्वीर – म्याड वर्ल्ड

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment