Comments Add Comment

तीन महिनामा टेलिकमको नाफा सवा तीन अर्ब

३० कात्तिक, काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ३ अर्ब २३ करोड १४ लाख रुपैयाँ नाफा कमाउन सफल भएको छ ।

NTCटेलिकमको यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा करिव ७७ करोड रुपैयाँले बढी हो । गत वर्षको यसै अवधिमा टेलिकमले २ अर्ब ४५ करोड ८१ लाख रुपैयाँ नाफा कमाएको थियो । गत वर्षभरिमा कम्पनीले ११ अर्ब ६८ करोड ११ लाख रुपैयाँ नाफा कमाएको थियो ।

कम्पनीले यस अवधिमा सेवा वापत ९ अर्ब २० करोड रुपैयाँ आम्दानी गरेको छ । यो आम्दानी गत वर्षको यसै अवधिको तुलनामा सामान्य वृद्धि हो । सेवा वापतको आम्दानीमा खासै वृद्धि हुन नसकेपनि यस वर्ष अघिल्लो वर्षको तुलनामा लाइसेन्स सुल्क करिव एक अर्ब रपैयाँ कम तिर्नुपरेपछि खुद नाफा बढ्न गएको हो ।

कम्पनीले फ्रिक्वेन्सी शुल्क पनि गत वर्षको तुलनामा ४ करोड रुपैयाँ कम तिरेको छ । कम्पनीले आइतबार सार्वजनिक गरेको वित्तीय प्रतिवेदन अनुसार तीन महिनामा कम्पनीले फ्रिक्वेन्सी शुल्क २० करोड रुपैयाँमात्र बुझाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment