Comments Add Comment

अलकायदासँगको भिडन्तमा २२ को मृत्यु

३० कात्तिक, मनिला । दक्षिणी फिलिपिन्सको छुट्टाछुट्टै इलाकामा जारी द्वन्द्वमा शुक्रबार एक दिनमा २२ व्यक्तिको मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

शुक्रबार बिहान सबेरै जङ्गलको क्षेत्रमा सरकारीबल र अल कायदासँगआवद्ध आतङ्ककारी समूहबीच भएको लडाईमा १५ व्यक्तिको मृत्यु भएको सैनिक स्रोतले जानकारी दिएको छ ।

झडपमा विभिन्न मुस्लिम अतिवादीहरु समूहलगायत डाँका समूहका सदस्यहरुको समेत सहभागिता रहेको छ ।

दक्षिणी द्वीप बासिलानमा भएको झडपमा वृक्षारोपणका कामदारहरुको पनि मृत्यु भएको जनाइएको छ । मारिएका ती कामदारहरुमा बाबु र छोरा समेत परेका बताइएको छ । सो घटनामा मारिएका सबै सर्वसधारण व्यक्तिहरु मात्र परेका जनाइएको  छ ।

सोही दिन दक्षिणी सहर पिकिटमा बाङ्गसामोरो र इस्लामिस्ट फ्रिडक फाइट्रस (बीआइएफएफ) ले गरेको मोर्टास आक्रमणमा एक आठ वर्षीया बालिका र ४३ वर्षीय पुरुषको मृत्यु भएको क्षेत्रीय सैनिक  प्रवक्ता कर्णेल डिकसन हेर्मोसोले बताउनुभएको छ ।

यसअघि नै जोलो द्वीपमा अल कायदा आतङ्ककारी समूहका अबु सयाफ अतिवादी समूह र सैनिकबीच भएको झडपमा पाँच सैनिक र १० विद्रोहीको मृत्यु भएको बताइएको थियो । रासस/एएफपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment