Comments Add Comment

सन्डे फ्रेस फेस (श्रेया दुलाल)

Shriya Dulal-6
चलचित्र ‘शिशा’मा एक मोडलको भूमिका निर्वाहा गरेकी नव-कलाकार श्रेया दुलाल ‘धुन’लाई आफ्नो पहिलो प्रोजेक्ट भन्छिन् । अनलाइनखबरसँग नया अनुहार स्तम्भ अन्र्तगत कुरा गर्दै गर्दा उनले चलचित्र क्षेत्रमा आफ्नो उपस्थिती दरिलो बनाउने योजना खोलिन् ।

सानैबाट चलचित्रमा खेल्ने योजना बुनेकी २३ बषिर्या सुन्दरीले आफ्नो सपना ‘धुन’मा आएर पुरा गरेकी हुन् । यो चलचित्रमा उनी स्वयंम आफै निर्मात्री पनि बनेकी छिन् ।
१७ बर्षको उमेरदेखि नै व्यवसायमा व्यस्त श्रेयाले लगानी गरेर आफू हिरोइन बन्न नआएको बताइन् । श्रेयाले भनिन्-‘मैले लगानी मात्र गरेर ‘धुन’मा जोडिन खोजेको थिएँ । तर, एक गायिकाको पात्र मलाई नै सुहाउने भएपछि निर्देशकले आग्रह गर्नुभयो र खेले ।’

चलचित्रमा अभिनयसँगै लगानी पनि गर्ने सोच उनको छ । अभिनय, नृत्यको तालिम समेत लिइरहेको बताउने श्रेयाले कुराकानीको धेरै समय आफूले सिकिरहेको मात्र बताइन् ।
श्रेया आफूलाई सुहाउने भूमिकाको बारेमा खुलाउँदै भन्छिन्-‘म उमेर अनुसारको भूमिका गर्न चाहन्छु । अहिले मलाई कलेज पढ्ने यूवतीको कथा सुहाउँछ, भोली एक्सन भूमिका सुहाए त्यो पनि गर्छु ।’

श्रेया समाज नपच्ने दृश्य कहिले पनि नदिने बताउँछिन् । भनिन्-‘म समाज नसुहाउने दृश्य दिन्न । भोलीको दिनमा कस्तो अफर आउँछ र त्यसलाई कसरी लिने भन्ने सोचौला ।’
बोल्न खासै नआउने भएकाले पनि थुप्रै पटक उनले मिडियाबाट आएको अन्र्तवार्ताको प्रस्तावलाई विभिन्न बाहानामा टार्दै आएकी छिन् । श्रेयाले भनिन्-‘मैले अहिले केही पनि गरेको छैन । भोली जब गरेर देखाउँछु अनि मात्र बोल्नेछु ।’

श्रेयाले आफू ‘धुन’बाट आउने प्रतिक्रियापछि मात्र अन्य चलचित्रमा काम गर्ने बताइन् ।
श्रेयालार्इ भिडियोमा हेर्नुहोस्

नव-कलाकार श्रेयाका केही तस्बिरहरु :Shriya Dulal

Shriya Dulal-5

Shriya Dulal-4

Shriya Dulal-2

Shriya Dulal-3

नोट : अनलाइनखबरले अबदेखि हरेक आइतबार एक जना चलचित्र तथा मोडलिङ क्षेत्रमा प्रवेश गर्दै गरेका नव-कलाकारलाई ‘सन्डे फ्रेस फेस’को रुपमा प्रस्तुत गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment