Comments Add Comment

केपी ओली र प्रचण्डको वार्ता निश्कर्षहीन, सहमतिकाे सम्भावना टाढियाे

३० कात्तिक, काठमाडौं । नेकपा एमाले र एमाओवादीका शीर्षनेताहरुले बानेश्वरस्थित एक घरमा तीन घण्टासम्म गोप्य बैठक गरे पनि कुनै सहमति जुट्न सकेन । बैठकमा दुबै दलले आ-आफ्ना अडान नछाडेका कारण कुनै निश्कर्ष ननिस्किएको नेताहरुले बताएका छन् ।

KP-OLI&PRACHANDA-in-Oli-NIB
आइतबार बेलुका साढे ४ बजेदेखि करिब ३ घण्टासम्म भएको छलफलमा एमाले अध्यक्ष केपी ओली, उपाध्यक्ष विद्या भण्डारी र महासचिव ईश्वर पोखरेल सहभागी थिए ।
एमाओवादीका तर्फबाट अध्यक्ष प्रचण्ड, नेता डा. बाबुराम भट्टराई र उपाध्यक्ष नारायणकाजी श्रेष्ठ बैठकमा सहभागी थिए ।
छलफलमा एमाले नेताहरुले सात प्रदेशको प्रस्ताव संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिमा छलफल गराइनुपर्ने र त्यहीँबाट संविधानसभामा प्रवेश गराइनुपर्ने अडान राखेका थिए ।
एमाओवादी नेताहरुले एमालेको प्रस्तावलाई त्यसरी सम्वाद समितिमा प्रवेश गराउन नसकिने आफ्नो अडान नछाडेपछि  दुबै पक्षवीच सहमति हुन नसकेको हो ।
दुई दलीय बैठकपछि एमाओवादी अध्इक्ष प्रचण्डले कांग्रेस र एमाले आफ्नो अडानबाट पछि हट्न नचाहेकाले मुलुक द्वन्द्वतर्फ धकेलिने खतरा बढेको निकटस्थहरुसँग बताएका छन् ।
केही दिनको रोल्पा बसाइपछि आइतबारै राजधानी फर्केकमा प्रचण्डले शनिबार धनगढीको सभामा सातदिनभित्र सहमसित नभए २२ दलले आफ्नो सरकार आफैं बनाउने बताएका थिए ।
दुर्इ दलकाे बैठकमा कुनै निश्कर्ष ननिस्किएपछि साेमबार बस्ने भनिएकाे राजनीतिक सम्वाद तथा सहमति समितिकाे बैठक पनि अन्याेलमा परेकाे छ ।

यसैवीच एमाले अध्यक्ष केपी ओली सोमबारदेखि तीन दिनका लागि गृहजिल्ला झापा जाने भएका छन् ।
मंसिर लाग्नासाथ सार्क सम्मेलनको चटारो सुरु भइसकेकाले शीर्ष नेताहरुवीच तत्कालै सहमति दोज्नका लागि बैठक र छलफल हुने सम्भावना पातलिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment