Comments Add Comment

मान्छेको मासु खाने र बेच्नेलाई २३ वर्ष कैद

141116120118_arrest_624x351_afpकाठमाडौं । मान्छेका शाैख पनि अचम्मकै हुन्छन् । ब्राजिलमा एक दम्पतीले मान्छे मारेर विभिन्न परिकार बनाउँदै खाने र बेच्ने गरेको त्यहाँको अदालतले प्रमाणित गरेको छ ।

उनीहरुले पृथ्वीको सफाइ गर्न र मान्छेको संख्या घटाउन त्यसो गरेको अदालतलाई जवाफ दिएका छन् ।

एक महिलाको मासु खाने र परिकार बनाएर बिक्री गर्ने तीन जनाले जेल सजायँ पाएका छन् । अरु महिलाको हत्यावापत उनीहरुलाई सजायँ हुन बाँकी छ ।

उत्तरपूर्वी ब्राजिलकी एक महिलालाई हत्या गरी उनको शव खाएको मामिलामा दोषी ठहर गर्दै अदालतले तीन जनालाई २० देखि २३ वर्षसम्मको सजायँ सुनाएको हो ।

जर्ज बेलट्राओ डी सिल्वेरालाई २३ वर्षको सजायँ सुनाइएको छ भने उनकी श्रीमती असाबेल पायर्स र महिला साथी ब्रुनालाई २०/२० वर्षको कैद तोकिएको छ ।

उनीहरुले एक महिलाको शवको परिकार तयार गरी छिमेकीहरुलाई बेचेको अभियोग प्रमाणित भएको छ ।

उनीहरुले अरु दुई जना महिलाको हत्या गरेको समेत स्वीकार गरेका छन् । त्यसबापत उनीहरुले निकट भविश्यमै थप सजायँ पाउनेछन् ।

अभियुक्तहरुले महिलालाई जागिर दिने लोभ देखाउँदै आफ्नो घरमा बोलाएर हत्या गरेका थिए । त्यसपछि उनको शवको परिकार बनाउँदै खाने र बेच्ने काम गरेका थिए ।

महिलाको हत्या गरी शव खाने ती व्यक्तिले आफूहरु पृथ्वीको सफाइ गर्ने तथा मानिसको संख्या घटाउने अभियानका सदस्य रहेको र सोही कारण आफूहरुले महिलाको हत्या गरेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment