Comments Add Comment

अस्पतालका प्लास्टिक उपकरण बच्चाका लागि हानिकारक

newbornbabyअमेरिकी अनुसन्धानकर्ताहरुले अस्पतालमा प्रयोग हुने प्लास्टिकजन्य उपकरण नवजात शिशुका लागि अत्यन्तै हानिकारक हुने चेतावनी दिएका छन् ।

खासगरी प्लास्टिकजन्य चिकित्सकीय उपकरणहरुमा रहने उच्च मात्राको थ्यालेट नामक रसायन नवजात शिशुका लागि हानिकारक हुने वैज्ञानिकहरुको भनाइ छ ।

यो रसायनले मानिसमा क्यान्सर गराउने जोखिम हुने वैज्ञानिकहरुले बताएका छन् । साथै यसले जन्मजात अपांगता तथा बाँझोपनाको खतरा समेत बढाउछ ।

नवजात शिशुमा शरीरका विभिन्न अंगहरु जस्तै मस्तिष्क, फोक्सो, पाचन प्रणाली तथा आँखा लगायतको विकासमा समेत यसले रोकावट गर्दछ ।

डिइएचपी भनिने उक्त रसायन कतिपय अमेरिकी स्वास्थ्य सेवा प्रदायकले प्रतिबन्ध गरेपनि अन्य उत्पादनहरु भने अहिलेपनि उपलब्ध रहेको वैज्ञानिकहरु बताउँछन् ।

बेलायतले भने चिकित्सा उपकरणमा हुने थ्यालेट रसायनको मात्राका विषयमा अनुसन्धान गरिरहेको छ । फ्रान्सले भने सन् २०१५ को जुलाइदेखि चिकित्सा उपकरणमा डिइएचपी रसायनको प्रयोगमा प्रतिबन्ध लगाउँदैछ ।

खासगरी आइसीयूमा राखिएका नवजात शिशुहरु त्यहाँका उपकरण सँगको निर्भरताका कारण यो रसायनको बढि जोखिममा हुन्छन् ।

भेन्टिलेटरमा राखिएको नवजात शिशुको शरीरमा एक दिनमा प्रतिकिलो अक्सिजन लिँदा हरेक दिन १६ मिलिग्राम थ्यालेट रसायन प्रवेश गर्दछ । यो भनेको थ्यालेट रसायनको सुरक्षा सीमाभन्दा १ हजारदेखि १ लाख ६० हजार गुणा बढि हो ।

पीभीसी प्लास्टिकजन्य उपकरण बनाउन थ्यालेट रसायनको प्रयोग गरिन्छ । यसले उपकरणलाई कोमल तथा बढि लचिलो बनाउन मद्दत पुर्‍याउँछ ।

तस्वीर : वीवीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment