Comments Add Comment

संघसंस्थाहरुको सहजीकरणले पासपोर्ट लिन सहज

qatarकतार । दूतावासमा कर्मचारीको सीमितताका कारण पासपोर्ट लिन कतारबासी नेपालीहरुले भोगिरहेको समस्यालाई विभिन्न संघसंस्थाहरुले सहजीकरण गरेपछि नेपाली सेवाग्रहीहरुलाई राहत हुन थालेको छ ।

सहजीकरण गर्न कतारमा स्थापित संघ संस्थाहरुको सहयोगमा प्रत्येक शुक्रबार ५ देखि ८ जना सम्म स्वयंसेवकहरु मार्फत सहयोग गरेपछि पासपोर्ट लिन सहज भएको कतारमा रहेका नेपालीहरुले बताउछन् ।

नेपाली दूतावासको अनुरोध बमोजिम नेपालीहरुलाई सहयोग गर्न एनआरएनएले स्वयंसेवक उपलब्ध गराउन थालेपछि सेवाग्राहीहरुले राहत महसुस गरेका हुन् ।

हालसम्म सिराह सेवा समाज, प्रवासी झापाली सम्पर्क मञ्च कतार, अर्घाखाँची सेवा समाज तथा स्याङजा सहयोग समाजले स्वयंसेवक पठाइसकेका छन् भने आगामी शुक्रबार पाँचथर सेवा समाज कतारले स्वयंसेवकहरु पठाउदैछ ।

संघ संस्थाका स्वयंसेवकका अलवा एनआरएनए एनसीसी कतारका पदाधिकारीहरु समेत उपस्थित भएर आवाश्यक समन्वय र सहयोग गरिरहेको छ ।

यसअघि एनआरएनए एनसीसी कतारले २ पटक पासपोर्ट आवेदन संकलन शिविर आयोजना गरिसकेको छ भने गत अपि्रलदेखि दूतावास परिसरमा परामर्श केन्ऽ स्थापना गरि दैनिक सयौ नेपालीहरुलाई सेवा प्रदान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment