Comments Add Comment

एनआरएन कतार र अलअरबी स्पोर्टस् क्लवबीच साझेदारी

all arabiकतार । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतार र कतारको प्रसिद्ध स्पोर्ट क्लब अलअरबी स्पोर्ट क्लबबीच पुनः साझेदारी कायम भएको छ ।

विगत केहि बर्षदेखि निरन्तर आपसी सहकार्य गरी कतारबासी खेलप्रेमी नेपालीहरुलाई निशुल्क खेल हेर्ने अवसर प्रदान गर्नुका साथै विभिन्न अवसरहरु उपलब्ध गराउदै आएको एनआरएनए एनसीसी कतारले अलअरबी क्लबललाई दर्शक उपस्थित गराएर सहयोग गरिरहेको छ ।

यसका साथै नेपाली खेलाडीहरुको खेल प्रतिभालाई प्रवर्द्धन गर्ने एनआरएन कप आयोजना लगायतका कार्यक्रमहरुमा पनि अलअरबी क्लबले सहयोग गर्दै आएको छ ।

समझदारी पत्रमा एनआरएनए एनसीसीको तर्फबाट अध्यक्ष मक्सुद आलमले तथा अलअरबी क्लबको तर्फबाट प्रबन्धक अब्दुल्ला अल नयमाले हस्ताक्षर गरेका थिए ।

समझदारी अनुसार अलअरबी क्लबले विभिन्न कार्यक्रमहरुमा एनसीसी मार्फत नेपाली समुदायलाई सहयोग गर्नेछ भने एनसीसीले अलअरबीका खेलहरुमा दर्शक उपस्थित गराएर सहयोग गर्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment