Comments Add Comment

तेलको भाउ बढ्दा गधाको कल्याण, खाडीमै बढ्यो गधाको व्यापार

Donkey-in-iranखाडी मुलुकहरु पेट्रोलियम पदार्थमा धनी छन् । हामीकहाँ सर्वसाधारण त भन्छन् खाडीतिर पानीभन्दा तेल सस्तो पाइन्छ रे । तर, यो समाचार पढियो भने त्यो मिथ्या लाग्छ ।
किनकी तेलको धनी खाडी मुलुक इरानमा तेलको खर्च बढेपछि गधाको व्यवसाय फस्टाउन थालेको छ ।
समाचार संस्था बीबीसीले जनाएअनुसार पेट्रोलियम पदार्थको खर्चमा वृद्धि भएसँगै इरानमा गधाको संख्या ह्वात्तै बढेको छ ।
जाडो याम आउनै लाग्दा तेलको मूल्य उकालो चढेपछि धेरै गाउँलेहरुले गाडी थन्काएका छन् र गधा किन्न थालेका छन् । इरानका गाउँहरुमा अहिले गधाको बिक्रि निकै बढेको छ ।
खासगरी उत्तरीपश्चिमी पर्वतीय इलाकामा गधाको व्यापार तथा प्रयोग निकै फस्टाएको बताइएको छ ।
साथै अन्य सहरमा समेत अहिले गाडिको साटो गधा प्रयोग गर्न थालिएको छ ।
यो अवस्था गधाको लागि कल्याणको कुरा हो । गधापालक किसान तथा व्यापारीले जाडो याममा आफ्ना गधालाई दानापानी खुवाउन नसकी लखेट्ने गर्थे र गधाले भोकै दुख पाउँथे तथा जंगलमा मर्ने गर्थे ।
तर, अब भने मानिसहरुले ढुवानी लगायका काममा गाडीको साटो गधालाई अनिवार्य रुपमा पाल्नुपर्ने भएपछि गधाले पनि जाडो याममा समेत स्याहार पाउने भएका छन् ।
गएको अप्रिलमा इरान सरकारले अर्थतन्त्र मजबुत बनाउने भन्दै इन्धनमा दिँदै आएको अनुदान कटौती गरेको थियो । सरकारको यो कदमले पेट्रोलियम पदार्थको मूल्य रातारात ७५ प्रतिशत सम्मले बढ्दा सर्वसाधारणलाई ठूलो मर्का परेको छ ।
साथै, सरकारले पानी तथा विजुलीको महशुल समेत बढाएका कारण इरानी नागरिकहरुको खर्च ह्वात्तै बढेको छ । यही कारण इरानीहरुको लागि गधा साथी बन्न थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment