Comments Add Comment

नेपाली फिल्मका लाजलाग्दा दृष्य

hostel red penकाठमाडौ । डेढ वर्ष अगाडि प्रदर्शन हुँदा निकै राम्रो ब्यापार गरेको थियो चलचित्र होष्टेलले । गतिलो नेपाली फिल्म हेर्न नपाएर दिक्क भएका दर्शकले होष्टेलबाट राम्रै मनोरञ्जन लिए ।

एमबीबीएस अध्ययन गर्ने छात्र छात्राको जीवनशैलीलाई मुख्य विषय बनाइएको कथामाथि बनेको फिल्ममा एउटा सामान्य तर, लाजमर्दो दृष्य छ । एमबीबीएसको परीक्षामा सहभागी भएका विद्यार्थी मध्ये एकजनाले रातोमसी भएको डटपेनले लेखेर परीक्षा दिन्छन् ।

जबकी नेपालमा रातो मसी निश्चित काममा मात्रै प्रयोग हुन्छ भने स्कुल कलेज पढ्ने विद्यार्थीका हकमा रातो लेख्ने कलम बर्जित नै छ । तर, यति सामान्य कुराको पनि ख्याल गरिएको छैन, राम्रो र चलेको भनिएको फिल्ममा ।
सामान्य कमजोरी दोहोर्याउँदा केही फरक पर्दैन भन्दै निर्देशक स्वयंले हेलचेक्राइँ गर्नाले पनि नेपाली फिल्म झुर भन्नेहरुलाई बल पुगेको छ । भीसीडीमार्फत होष्टेल हेरेका एकजना दर्शक भन्दै थिए ‘परिक्षामा कस्तो कलमले लेख्ने समेत ज्ञान नभएका निर्देशकवाट के अपेक्षा गर्ने हामीले ?’

दीपक श्रेष्ठ निर्देशित अर्को फिल्म ‘पहिलो पहिलो मायाँ’ मा हिरोइनहरुको एउटा समूह सराङकोटतिर ट्रेकिङमा जान्छ । दुःखको कुरा उनीहरुको पोशाक हेर्दा आम ट्रेकिङ रुटमा हिंड्नेहरु रिसाउन सक्छन् । हिरोइनहरु टाइट जिन्स पाइन्ट र हाइ हिलमा ट्रेकिङमा देखिन्छन् । जुन पोशाक त्यो रुटमा हिंड्ने मान्छेका लागि हुँदै होइन ।

साना–तिना भनिने तर, गम्भीर अर्थ लाग्ने कमजोरी दोहो¥याउनेमा धेरै निर्देशकलाई बानी परिसकेको छ । ‘होष्टल’ र ‘पहिलो पहिलो मायाँ’ बाहेक अरु सयौं फिल्म छन् जुन फिल्ममा यस्तै लाज लाग्ने दृष्य भेटिन्छन् । गरिब पात्रको भब्य बेडरुम, भट्टीमा महंगा रक्सीका बोत्तल, गाउँमा जम्मेकी युवतीको छाती देखिने पोशाक त नेपाली फिल्मका रेडिमेड कमजोरी हुन् ।‘यति त हाम्रा दर्शकले पचाइ हाल्छन् नि भनेर साना कमजोरी दोहोर्र्याउने चलन छ ।’ पूर्व मिस नेपाल एवं नायिका मलिना जोशी बताउँछिन् ।

दर्शकको अवमूल्यन

pahilo pahilo mayaनेपाली दर्शकको चेतनाको स्तर कहाँ छ भन्नेमा कतिपय निर्देशकलाई जानकारी नै छैन । फिल्म बनाउनुअघि अध्ययन नगर्ने त पुरानो परिपाटी हो नै, आफूले जे बुझेको छ त्यही ठिक हो भन्ने ढिपीले झन् समस्या निम्त्याएको छ ।

निर्देशक नबीन सुब्बा भन्छन ‘दर्शकले के चाहन्छन् भन्नेमा हामी जाँदै जाँदैनौ, हामीले जे बुझेका छौं त्यही ठिक हो भनेर थोपर्छौं ।’ दर्शकको अवमूल्यन गर्ने संस्कार सबै भन्दा घातक हुने पनि उनको बुझाइ छ ।

नेपाली फिल्मको हरेक कमजोरीमा निर्मातालाई दोष दिने चलन आफूलाई मन नपर्ने धारणा राख्ने निर्माता प्रदीप उदय निर्देशकका कमजोरीलाई निर्मातासँग नजोड्न आग्रह गर्छन् ।

‘रातो र कालो कलमको मूल्य एउटै हो निर्देशकले निलो मागेको भए पक्कै रातो कलम दिदैन थिए निर्माताले ।’ उनले भने । निर्देशकका यस्ता कमजोरीलाई पनि निर्मातासँग जोड्ने गरेकोमा उनको दुखेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment