Comments Add Comment

अनलाइनखबर जनमत : प्रचण्डले जिते केपी ओलीलाई

KP-Oli-and-Prachand२ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओली र एमाओवादीका अध्यक्ष प्रचण्डमध्ये को बढी लोकप्रिय होला ? यसबारे गतसाता अनलाइनखबरले सोधेको प्रश्नावलीमा प्रचण्ड र केपीवीच तीव्र प्रतिस्पर्धा देखिएको छ ।

अनलाइनखबर जनमतमा एक सातामा १५२ जना पाठकले आफ्नो मत व्यक्त गरेका छन् । प्रत्येक कमेन्टमा लाइक र डिसलाइक गर्नेहरुको संख्या अझै धेरै छ ।

प्रदेशको बहस : तपाई केपी ओलीको पक्षमा कि प्रचण्डको ? शीर्षकमा अनलाइनखबरमा प्रकाशित जनमत स्तम्भमा सहभागिता जनाउने १५२ मध्ये ५९ जनाले प्रचण्ड र उनको विचारलाई रुचाएका छन् ।

एमाले अध्यक्ष केपी ओली र उनको विचारलाई रुचाउनेहरुको संख्या ५२ रहेको छ ।

मत संख्याका आधारमा प्रचण्ड ७ मतले अगाडि देखिए पनि ओली र प्रचण्डको लोकपि्रयता लगभग हाराहारीजस्तै देखिएको छ । मत प्रकट गर्ने १५२ मध्ये ४१ जनाले चाँहि केपी र प्रचण्डमध्ये दुबैलाई रोजेनन् ।

मत विभाजन नगर्ने ४१ मध्ये कतिपयले केपी र प्रचण्डले आपसमा मिलेर देशलाई निकास दिनुपर्ने बताएका छन् । एकजनाले चाँहि ओली र प्रचण्ड दुबैलाई उस्तै उस्तै हुन् भन्दै आलोचना गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment