Comments Add Comment

कांग्रेस एमालेलाई गतिलो झापड हान्नुपर्ने भो : प्रचण्ड

२ मंसिर, काठमाडौं । पत्रकार महासंघका अध्यक्ष महेन्द्र विष्टको टोली मंगलबार बिहानै प्रचण्डनिवास पुग्दा भित्रबाट जनजाति आन्दोलनका अगुवा पद्मरत्न तुलाधर, डा. ओम गुरुङ र पासाङ शेर्पालगायतको टोली बाहिरिँदै थियो ।prachanda 11
जनजाति नेताहरुको टोली बाहिरिए पनि पूर्वमन्त्री प्रेमबहादुर सिंह प्रचण्डकै छेऊमा टाई-सुटमा चिटिक्क सजिएर कालाे चश्मा लगाएर बसेका थिए । पाँच मिनेटपछि डा. बाबुराम भट्टराई पनि प्रचण्ड निवासमा प्रवेश गरे । तर, उनले पत्रकारसँग एक शब्द बोलेनन् ।
आखिर एकाबिहानै के पाकिरहेको थियो प्रचण्डनिवासमा ? एक समय सरकार-माओवादी वार्ताका सहजकर्ता बनेका तुलाधर एकाबिहानै किन पुगे प्रचण्डका घरमा ?

कांग्रेस एमालेलाई गतिलो झापड हान्नुपर्ने भो : प्रचण्ड
अनलाइनखरलाई प्राप्त जानकारी अनुसार एनेकपा माओवादीसहितका २२ दल र आदिवासी जनजाति मिलेर कांग्रेस एमालेविरुद्ध संयुक्त आन्दोलन गर्ने बारेमा मंगलबार विहानै प्रचण्ड निवासमा गम्भीर छलफल भएको छ ।
कांग्रेस एमालेले संविधान बनाउनेभन्दा मुठभेडको मनस्थिति बनाएको भन्दै एमाओवादी अध्यक्ष प्रचण्डले आफ्नो घरमा आएका आदिवासी जनजाति अगुवासँग संयुक्त आन्दोलनको प्रस्ताव राखेका छन् ।
स्रोतका अनुसार जनजाति नेतालाई प्रचण्डले नै भेट्न बोलाएर संयुक्त आन्दोलनको प्रस्ताव राखेका हुन् । ‘अब संविधान होइन, कांग्रेस एमालेसँग मूठभेडको सम्भावना बढेको छ’ प्रचण्डको भनाइ उधृत गर्दै एक नेताले भने ‘गतिलो आन्दोलनले झापट नदिएसम्म होलाजस्तो छैन’ ।
बिहानै प्रचण्डनिवास पुगेका आदिवासी जनजाति राष्ट्रिय आन्दोलनका अध्यक्ष पद्मरत्न तुलाधर, जनजाति महासंघका पूर्वअध्यक्ष पासाङ शेर्पा र पूर्व महासचिव डा. ओम गुरुङसँग प्रचण्डले संबिधान बन्ने सम्भावना अन्त्य हुँदै गएको ठोकुवा गरे ।

प्रचण्डमाथि प्रश्न
जनजाति नेताहरुले संविधानसभाभित्र के भइरहेको छ भन्ने प्रश्न प्रचण्डसँग राखेका थिए । उनीहरुले पहिचानको मुद्दा र एजेण्डामा प्रचण्डले दह्रो खुट्टा टेक्न सक्छन् कि सक्दैनन् भन्ने प्रश्न पनि राखेका थिए ।
जवाफमा प्रचण्डले अब संयुक्त आन्दोलनको ठूलो धक्का नदिई कांग्रेस एमालेले मान्ने अवस्था नदेखिएको भन्दै आफू जनजातिसँग मिलेर आन्दोलन गर्न तयार रहेको बताएका थिए ।
जनजाति महासंघभित्रै २२ दलसँग मिलेर आन्दोलन गर्न नहुने आवाज उठिरहेको भन्दै जनजाति नेताहरुले थप छलफल गरेर आन्दोलनको तयारी गर्नुपर्ने बताएका थिए ।

तस्वीर– महेन्द्र विष्टकाे फेसबुकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment