Comments Add Comment

यस्तो बन्यो सार्क सम्मेलनस्थल सभागृह (फोटो कथा)

shaba griha (1)२ मंसिर, काठमाडौं । १८ औं सार्क शिखर सम्मेलनको उदघाटनस्थल राष्ट्रिय सभागृहले रुप फेरेको छ । पुरानो सभागृहलाई मर्मत सम्भार गरी आकर्षक रुपले सजाइएको छ ।

उपप्रधान तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले सार्क सम्मेलनको तयारीका लागि भैरहेका कामको मंगलबार स्थलगत निरीक्षण समेत गरे ।

सार्क सम्मेलनमा सहभागी हुने पाहुनाहरु बस्ने राष्ट्रिय सभागृहका कुर्सीहरु कम गुणस्तरको भएको सामाचार सार्बजनिक भएपछि सिंहले चासो लिएका हुन् । सार्क सम्मेलनका पाहुनाहरू बस्ने कुर्सिमै बसेर आरामदायी भए नभएको उनले जाँच गरेका थिए । तर उनका घुँडा अघिल्ला कुर्सिमा ठोक्किएका थिए ।

shaba griha (10)

सिंहले सम्मेलनको मन्च पनि अवलोकन गरे । हालसम्म भएका काम र गर्न बाँकी कामको बारेमा पनि उनले जिज्ञासा राखेका थिए । सभागृहको काम सन्तोषजनक नै पाइएको उनले सन्चारकर्मीलाई प्रतिक्रिया दिए । सार्क सम्मेलनको तयारी तिव्र गतिमा भैरहेको जानकारी उनले दिए ।

सिंहले सभागृह बाहिर र भित्र अवलोकन गरेर त्यहाँबाट हिँडे । उनी जाँदा पनि सभागृहमा मर्मतको काम जारी थियो । कामदारहरू रङ्गरोगन गर्नै काममा व्यस्त थिए । सार्क सम्मेलन उदघाटनस्थल राष्ट्रियसभा गृहको अवलोकन गरिसकेपछि उनले मुख्य मुख्य सडकहरुको अवलोकन गरेका थिए । SAARC-SUMMIT-2014-Nepal

रानीपोखरी र रत्नपार्कमा ढिलाइ

सिंहले रत्नपार्क, रानीपोखरी, खुलामन्च, राष्ट्रियसभा गृह, शहिदगेट, माइतीघर मण्डला तथा बबरमहल-तिनकुने सडक अवलोकन गरे । रानीपोखरी र रत्नपार्क क्षेत्रमा काममा ढिलासुस्ती भएको पाइएपछि छिटो काम सक्न सिंहले सम्वन्धित निकायलाई निर्देशन दिएका थिए ।

‘रानीपोखरी र रत्नपार्क बाहेकका अरु सबै स्थानमा भैरहेको काम सन्तोषजनक पाइयो,’ सिंहका सहयोगी यूपी लामिछानेले अनलाइनखबरलाई भने, ‘कामदार थपेर भए पनि छिटो काम सक्न निर्देशन दिने काम भएको छ ।’

सार्क सम्मेलन आउन अब एक साता मात्रै बाँकी छ । तर, काठमाडौं उपत्यकाको सरसफाई तथा पुनर्निर्माणका काम भने अझै सकिएको छैन । सार्क सम्मेलनलाई लक्षित गरी तीनकुनेमा अत्याधुनिक घडी राख्ने काम भैरहे पनि अझै सकिएको छैन । माइतीघर मण्डलामा भने आकर्षक घडी राखिएको छ ।

काममा ढिलासुस्ती भएको र भैरहेको काम पनि गुणस्तरको नभएको जनगुनासो आएपछि उपप्रधान तथा स्थानीय विकास मन्त्री सिंह अवलोकनमा निस्किएका थिए ।

‘सोल्टि होटल तर्फ जाने बाटो पनि आजै निरीक्षण गर्ने योजना थियो तर, आज भ्याइएन,’ सिंहसँगै अनुगमन टोलीमा रहेका लामिछानेले भने, ‘त्यतातिर अब अर्को दिन जाने कार्यक्रम छ ।’

सार्क शिखर सम्मेलन स्थल राष्ट्रिय सभागृहका थप दृष्यहरु हेरौं…

shaba griha (9)

SAVA GRIHASAVA-GRIHA-MA-KAMSAARC SUMMIT 2014 KATHMANDUSAVAGRIHAshaba griha (7)

saba (1)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment