Comments Add Comment

श्रीलंकामा नेपाली क्रिकेट टोलीको पूर्वाभ्यास, पारस खड्काको घुँडामा चोट

 srilanka nepali circket team 7सुरेश भुसाल/राजकुमार श्रेष्ठ
२ मंसिर, दाम्बुला (श्रीलंका) । बुधबारबाट पहिलो टी-२० क्रिकेट सेरिज खेल्न लागेको नेपाली टोलीलाई पानीको पीरले सताएको छ ।

टी-२० मान्यता पाएपछि नेपालले पहिलो टी-२० क्रिकेट सेरिज हङकङसँग दाम्बुलामा खेल्दैछ । दुबै टोली दाम्बुला पुगिसकेका छन् । तर, पानीका कारण नेपाली टोली सेरिजको पहिलो टी-२० हुन्छ कि हुँदैन भन्ने चिन्तामा छ ।

srilanka nepali circket team 3मंगलबार नेपाली टोलीले रनगेरी दाम्बुला अन्तराष्ट्रिय क्रिकेट मैदानमा राम्ररी अभ्यास गर्न समेत पाएन । पानी पर्ने र रोकिने क्रम चलिरहेकै बेला नेपाली टोलीले केहीबेर मात्रै अभ्यास गरेको छ ।

‘भोलिको खेल के हुन्छ भन्ने अवस्था छैन’ पानी परेपछि मैदानबाट बाहिरिँदै गर्दा नेपाली टीमका कप्तान पारस खड्काले अनलाइनखबरसँग भने ।

प्रशिक्षक पुबुुदु दशानायकले पनि पानीका कारण मैदानको अवस्था राम्रो नभएको स्वीकार गरे ।

यद्यपि आयोजकसहित नेपाल र हङकङका प्रशिक्षक, कप्तान र टीम म्यानेजरसहितको बैठकले खेल समय ४ बजेसम्म कायम गरेको छ । ‘१ बजे भन्ने थियो तर, पानी पर्न सक्ने भएकाले ४ बजेसम्म खेल खेलाउन सक्ने भन्ने भएको छ’ नेपाली टीम म्यानेजर शैलेश चौधरीले अनलाइनखबरसँग भने ।

srilanka nepali circket team 78
हङकङसँग सेरिज खेल्नुअघि नेपालले दुई तीनदिवसीय खेल खेलेको छ । कुरुनेगालामा भएको पहिलो खेल नेपालले ८७ रनले गुमायो भने पानीका कारण प्रभावित श्रीलंका कम्बाइन ११ विरुद्धको खेल पानीकै कारण नेपालले बराबरीमा चित्त बुझाएको छ ।
पारसको खुट्टामा चोट

srilanka nepali circket team 8नेपाली टीममा रहेका १५ सदस्य नै फिट छन् । यद्यपि मंगलबार अभ्यासका क्रममा कप्तान पारसको घुँडामा सानो चोट लागेको छ । क्याचको अभ्यासका क्रममा डाइभ हान्दा उनको घुँडामा चोट लागेको हो ।

पहिलोपटक राष्ट्रिय टोलीमा परेका बलर करण केसी र ब्याट्सम्यान राजेश पुलामी मगरले तीन दिवसीयमा गरेको प्रदर्शनबाट प्रशिक्षक पुबुदु सन्तुष्ट छन् । बलर सोमपाल कामी उत्कृष्ट फममा छन् । उनी तीन दिवसीयको दुबै खेलमा म्यान अफ दि म्याच बने ।

प्रदीप ऐरी र अनिल मण्डल फेरि राष्ट्रिय टिममा फर्कने प्रयासमा छन् । पहिलो टी-२० को फस्ट ११ भने बुधबार बिहान मात्र तय हुने पुबुदुले बताए ।

नेपाल र हङकङवीच हुने सवै खेल (तीनवटा टी-२० र एउटा वान डे) खेलको अनलाइनखबर डटकमले दाम्बुला मैदानबाट लाइभ अपडेट गर्ने छ ।

srilanka nepali circket team 3

srilanka nepali circket team 89

srilanka nepali circket team 2srilanka nepali circket team 10srilanka nepali circket team 9srilanka nepali circket team 4Rangiri Dambulla International Stadium

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment