Comments Add Comment

बढि नुन खानु मृगौलाका लागि हानिकारक

kedneyबढि नुनको सेवन मृगौलाको स्वास्थ्यका लागि हानिकारक हुने नयाँ अनुसन्धानले देखाएको छ ।
उच्च मात्रामा (दैनिक औषत ४.७ ग्राम) सोडियम लवणको सेवनले मृगौलालाई असर पूराउने र त्यसले मृगौला फेल हुने जोखिम उच्च पार्ने अनुसन्धानकर्ताहरुको भनाइ छ । यद्यपि दैनिक २ ग्रामभन्दा कम नुनको सेवन गर्दा भने त्यसले कुनैपनि फाइदा पूराउँदैन ।
नेसनल युनिभर्सिटी अफ आयरल्याण्डका शोधकर्ता एन्ड्रयु स्मीथले खानपानमा सुधार गर्ने काम कम खर्चिलो, सजिलो र सरल हुनुका साथै त्यसले असाध्य खालको मृगौला रोगको जोखिम समेत कम गर्ने बताएका छन् ।
साथै भोजनमा आवश्यकता भन्दा बढि नुनको प्रयोग नगर्नाले मुटुरोगको जोखिम पनि कम गर्ने उनको भनाइ छ ।
झण्डै साढे ५ लाख मानिसमा गरिएको अध्ययन अनुसार नुनको सेवन कम गर्दा त्यसले पिसाबमा अल्बिुमिनुरिया अर्थात अधिक प्रोटिन घटाउन । अल्बिमिनुरिया मृगौला खराबीको सूचक हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment