Comments Add Comment

बेरोजगार युवतीलाई कोरिया सरकारको टिप्स – सेक्सी जोक गर्दा नरिसाउनु

_79070920_afpkorea117096743जागिरका लागि अन्तरवार्ता दिन जाने महिलाहरुका लागि भन्दै दक्षिण कोरियाको श्रम मन्त्रालयले ‘अन्तरवार्ता मार्गदर्शन’ प्रकाशन गर्यो आफ्नो वेबसाइटमा ।
बेरोजगार युवतीहरुका लागि जागिर पाउने सरकारी टिप्स साँच्चीकै पनि प्रसंसायोग्य हुनुपर्ने हो । तर, कोरियाली सरकारको टिप्स भने निकै विवादमा पर्यो र यस्तो टिप्सलाई आफ्नो वेबसाइटबाट हटाउन मन्त्रालय बाध्य भयो ।
आखिर किन भयो त यस्तो ? जागिरका लागि अन्तरवार्ता दिन जाँदा अपनाउनुपर्ने काइदा ‘लिंगवादी’ भएको भन्दै यसको तिखो आलोचना भयो । नहोस् पनि किन सरकारी टिप्स साँच्चीकै हावादारी तथा मूर्खतापूर्ण लाग्छन् । ती टिप्समध्ये एउटामा भनिएको छ, ‘सेक्सका बारेमा हुने भैपरी जोकबाट नरिसाउनु ।’
विवादास्पद ‘टिप्स’ मा सम्भावित अन्तरवार्ताका प्रश्नको ‘आदर्श जवाफ’ भन्दै मन्त्रालयले महिलाहरुलाई यस्तो भन्ने सल्लाह दिएको छ, ‘मैले सेक्सका बारेमा हुने भैपरी जोकलाई माइन्ड गर्दिन र कहिलेकाहीँ यस्तो यौनिक हिंसालाई जोक नै बनाएर उत्तर दिनुपर्छ ।’
मन्त्रालयले दिएको अर्को टिप्स अझै रोचक छ । अन्तरवार्ता लिनेले विवाहको योजनाबारे सोध्यो भने निकट भविष्यमै विवाह गर्ने भए पनि ‘छिटै विवाह गर्ने मेरो कुने योजना छैन’ भनेर ढाँट्नुपर्ने सुझाव दिइएको छ । धेरै महिलाहरुले विवाहपछि जागिर छाड्ने भएकाले अब छिटै विवाह गर्ने योजनामा रहेको सत्य कुरा बताउँदा जागिर पाउन गाह्रो हुने ठम्याई सरकारको छ ।
साथै कोरिया सरकारको श्रम मन्त्रालयले एक कप कफी बनाउने काम भए पनि आफुले सक्नेजति राम्रो गर्ने कुराको प्रतिबद्धता जनाउनुपर्ने सुझाव पनि दिएको छ ।
कोरिया सरकारले महिलाहरुलाई अर्को सफेद झुट समेत बोल्नुपर्ने सुझाएको छ । अन्तरवार्ताका क्रममा महिलाहरुले भन्नुपर्नेछ, ‘महिलाको हैसियतले बच्चा हुर्काउनु मेरो दायित्व भएपनि मैले बच्चा जन्माएपछि समेत बच्चालाई भन्दा कामलाई प्राथमिकता दिएर कामलाई निरन्तरता दिन चाहन्छु, यदि कम्पनीले मेरो क्षमताको पहिचान गर्यो भने ।’
महिलालाई जागिर खानकै लागि यस्तो झुटमुटको खेती गर्न सिकाउने सरकारी टिप्सको कोरियाको राष्ट्रिय महिला आयोगका साथै विभिन्न महिलावादी संस्था तथा इन्टरनेट प्रयोगकर्ता सर्वसाधारणले समेत चर्को आलोचना गरे ।
सरकारले यस्ता अनावश्यक टिप्स दिएर रोजगारदातालाई महिलामाथि विभेद गर्न उक्साएको आरोप उनीहरुको छ ।
तर, सरकारले भने अब आफ्ना सबै कर्मचारीलाई लैंगिक समानताको बारेमा सिकाउने विषयमा कदम चाल्ने प्रतिबद्धता जनाएको छ ।
वास्तवमा सरकारको यस्तो टिप्स दक्षिण कोरियाको सामाजिक सम्बन्धको द्योतक नै हो भन्दा फरक नपर्ला ।
दक्षिण कोरियामा रोजगारीको क्षेत्रमा महिलाको उपस्थिति न्यून छ । गएको वर्षको तथ्यांक अनुसार दक्षिण कोरिायाका ५३.९ प्रतिशत महिला मात्र कामकाजी छन् । दक्षिण कोरियामा शिक्षित महिला बेरोजगारको संख्या समेत उच्च छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment