Comments Add Comment

मह जोडीलाई अमेरिकामा सम्मान

maha 4

विजय थापा

३ मंसिर, भर्जिनिया । अमेरिकाको डिसी महानगर क्षेत्रमा रहेका नेपाली समुदायको तर्फबाट नेपालका हाँस्य विधाका वरिष्ठ कलाकार मह जोडीलाई भब्य सम्मान गरिएको छ । अमेरिकाको बिभिन्न राज्यहरुमा महजात्रा कार्यक्रम गरी अमेरिकाको अन्तिम चरणमा डिसी तथा म्यारिल्याण्डको बाल्टिमोरमा भएको महजात्रा कार्यक्रम अपार सफलताको साथ सम्पन्न भएको छ ।

कार्यक्रममा मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्यको जोडीले तीन वटा प्रहसन गरे भने किरण केसी, शिवहरी पौडेल, बसुन्धरा भुसाल, मोहित आचार्य, मदनकृष्ण श्रेष्ठको छोरीको पहिलो दिन भन्ने गीत तथा छोरा यमन श्रेष्ठको दुई प्यारोडी गीतले निक्कै तताएको थियो ।

mah 7‘एउटा असल नेता किन बनाउन सकेनौ’ भन्ने मह जोडीको प्रहसन तथा राजनैतिक नेताहरुको दिमाग नभएको भन्दै खप्पर बोकेर गिदी भर्न विदेश हिँडेका शिवहरी र बिमानस्थलमा जाँच कक्षमा बसेका किरणको प्रहसनले उत्कृष्ट देखिन्थ्यो । मह जोडीको बाहुनबहादुर र नेवारबहादुरको प्रस्तुती दर्शकहरुले मन पराएका थिए । महजोडीले गरेको मदनको फोटो स्टुडियो कार्यक्रम पनि निकै लोकप्रिय बन्यो ।

आयोजक युनाईटेड नेपालको तर्फबाट नायक सरोज खनाल तथा आयोजकको तर्फबाट परशुराम तिमिल्सिना र नायक किरण केसीले महजात्राले नेपालीहरुमा निकै उत्साह जनाएको भन्दै खुशी ब्यक्त गरेका थिए । लामो समयसम्म अन्तर्वार्ता लिएर विश्व कीर्तिमानी कायम गरेका सञ्चारकर्मी रबि लामिछानेले कार्यक्रम संचालन गरेका थिए ।

maha 2

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment