Comments Add Comment

गोरखामा खुल्यो सात करोड लगानीमा स्तरिय होटल

hotel-marshyangdi-final

३ मंसिर, काठमाडौं । मुलुकमा पर्यटकीय गतिविधिहरु बढ्दै जान थालेपछि सुविधा सम्पन्न होटलहरु निर्माण गर्ने क्रम हृवात्तै बढेको छ । पछिल्लो समय काठमाडौं उपत्यकामा भन्दा बाहिर ठूलो लगानीका स्तरीय होटलहरु सञ्चालन गर्ने होडबाजी नै चल्न थालेको पाइन्छ ।

पर्यटकीय गतिविधिहरु मोफसलमा बढि हुन थालेपछि लगानीकर्ताहरु काठमाडौं उपत्यकामा भन्दा त्यता आकर्षित हुन थालेका हुन् । यही क्रममा गोरखाको हरमटारीस्थित लोकतान्त्रिक चोकमा सुविधासम्पन्न ‘होटल मिराकल’ सञ्चालनमा ल्याइएको छ ।

आन्तरिक तथा बाहृय पर्यटकहरुलाई लक्षित गर्दै सञ्चालनमा ल्याइएको होटल मिराकलमा सात करोड लगानी गरिएको छ । होटलमा २१ वटा कोठाहरु रहेका छन्, जसमध्ये ९ वटा कोठाहरुमा एसी जडान गरिएको होटल सञ्चालक शीतलकाजी मास्केले बताए ।

पर्यटकले खोज्ने सम्पूर्ण सुविधाहरु उपलब्ध रहेको होटलमा बगैंचा सहितको रुफटप रेष्टुरेन्ट रहेको छ । गोरखा घुम्न गएका पर्यटकहरु होटल नपाएर फर्किने यसअघिको बाध्यता होटल मिराकलले अन्त्य गर्ने मास्केको अपेक्षा छ । होटलले पर्यटकको बसाई समेत लम्बाउने निश्चित छ ।

होटलमा ३० जना र ६० जना क्षमताका दुईवटा कन्फरेन्स हल रहेका छन् । नेपाली खानालाई विशेष प्राथमिकतामा राखिएको होटलमा वातानुकुलित पार्केटिङ गरिएका कोठाहरु प्रतिदिन १५ सय भने दुई हजार रुपैयाँसम्ममा पाइने छ । यसको साथै, इन्डियन, चाइनिज र इटालियन परिकार समेत होटलमा उपलब्ध हुनेछ ।

पर्यटकको सुविधालाई ध्यानमा राखेर केही कोठामा फ्रिज राखिएको छ । साथै, पर्यटकले आफै चिया बनाएर खान पाउने सुविधा समेत होटलमा उपलब्ध रहेको सञ्चालक मास्केले बताए । गाउँमै उत्पादन भएको चामल, छोप्राकको दाल, जैविक सागको स्वाद पर्यटकलाई चखाउने लक्ष्य होटलको छ ।

मास्केसहित गोरखाका ईश्वरकाजी मास्के र हरिहर श्रेष्ठको संयुक्त लगानीमा सञ्चालनमा ल्याइएको होटल करिव ६ रोपनीमा फैलिएको छ ।

कुल २५ करोड रुपैयाँको प्रोजेक्टमध्ये हाल पहिलो चरणको काम सम्पन्न भएको सञ्चालकको भनाई छ । होटलले दोस्रो चरणमा सुविधासम्पन्न भवन, पौडी पोखरी, अन्डरग्राउन्ड पार्किङलगायत निर्माण गर्दै छ ।

सञ्चालक मास्केका अनुसार दोस्रो चरणमा निर्माण हुने भवनमा दुई सय र ३५ जना अटाउने थप दुईवटा कन्फरेन्स हलहरु हुनेछन् ।

पछिल्लो समय होटलमा एनजीओ, आइएनजीओका सेमिनार र कर्पोरेट हाउसका बैठकहरु हुन थालेपछि सञ्चालकहरुले कन्फरेन्स हलमा विशेष ध्यान दिन थालेका छन् । मोफसलमा खुलेका अधिकांश होटलहरुमा ठूला ठूला कन्फरेन्स हलहरु निर्माण गरिएको पाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment